newskoseli.Com

देउवालाई विश्वासको मत दिँदा ओली–नेपाल दुवै समूहलाई ‘घाटा’ !

नेकपा एमालेको ओली समूहले ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने’ निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ । नेपाल स्वयंसहित केही नेताले देउवालाई विश्वासको मत दिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन् ।

अर्कातिर, ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए । नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिए भने १० जना तटस्थ बसे । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ ।

नेपाल समूहका ९ सांसद् ‘एकताका लागि पार्टी नेतृत्वलाई दबाब दिने’ भन्दै संसद् भवनबाट बाहिरिए तापनि पार्टीको ‘ह्विप’ उल्लंघन गरेका ओली समूहका सांसदले भने त्यसबारे केही बताएका छैनन् । ओली समूहमा रहेका सांसद हीरा केसी, पार्वती विशुंखे, कलिला खातुन, बिना बुढाथोकी, धनबहादुर बुढा, समिना हुसेन, प्रेम आले र किसान श्रेष्ठले देउवालाई विश्वासको मत दिए ।

आइतबार बसेको ओली समूहको स्थायी कमिटीको बैठकले ‘जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने’ निर्णय गरेको थियो । ‘देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहने’ समेत बैठकपछि एमाले प्रदीपकुमार ज्ञवालीले बताएका थिए । वरिष्ठ नेता नेपालले जसरी पनि देउवालाई मत दिने बताएको जानकारी समेत प्रवक्ता ज्ञवालीले गराएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर