newskoseli.Com

७ सांसदले ओली छाडिदिए राष्ट्रपतिमाथि महाभियोग !

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाइन सक्ने सम्भावनाबारे एमाले ओली समूहको केन्द्रीय कमिटीको बैठकमा चर्चा भएको छ । महाभियोगको पक्षमा १ सय ८० सांसद भए यतिबेला संसदमा कायम रहेका सदस्यहरुको दुईतिहाइ मतले राष्ट्रपति भण्डारीलाई महाभियोगमार्फत बर्खास्त गर्न सम्भव छ ।

देउवा सरलाई विश्वासको मतका पक्षमा मतदान नगरेका माधव समूहका आठ सांसद समेत जोड्दा अहिले शेरबहादुर देउवालाई १ सय ७३ जनाको समर्थन छ । खड्ग ओली पक्षका बाँकी सात सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो ।

र, प्रतिनिधिसभा पुनर्स्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर