newskoseli.Com

सुध्रेकै हुन् त ओली ? किन गरे ‘बाटो बिराएका’ नेतालाई ‘आममाफी’ को घोषणा ?

अपदस्थ प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले बिहीबार सार्वजनिक कार्यक्रममा गरेको भाषणअनुरुप वरिष्ठ नेता माधवकुमार नेपालसहित ‘बाटो बिराएका’ नेतालाई ‘आममाफी’ दिने घोषणालाई नेकपा (एमाले) को ओली समूहले अनुमोदन गरेको छ ।

अध्यक्ष तथा संसदीय दलका नेता रहेका ओली ‘हदैसम्म लचिलो’ हुँदै गरेको भनिएको ‘आममाफी’ को प्रस्ताव ओली समूह मात्रै सहभागी भएर चलेको एमाले केन्द्रीय कमिटीको १०औं बैठकले अनुमोदन गरेको हो । पुष्पलाल स्मृति दिवसको अवसरमा भाषण गर्दै ओलीले गरेको ‘आममाफी’ दिने घोषणालाई उनले केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव नै गरे ।

अध्यक्ष ओलीको ‘बाटो बिराएका साथीहरू’ लाई ‘आममाफी’ गर्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिबाट अनुमोदन गरेको केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले जानकारी दिए । विगतमा आफूबाट भएका कमी–कमजोरीलाई पनि अध्यक्ष ओलीले बैठकमा स्वीकार गरेका थिए ।

‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसुस भएको छ’– बैठकमा ओलीले भने । पार्टी एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने अध्यक्ष ओलीले दावी गरे ।

‘अन्तर्घात’ र ‘आन्दोलनलाई अन्तर्ध्वंश गर्ने प्रवृत्ति’ भने क्षम्य नहुने उनले बताए । उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन अध्यक्ष ओलीले बैठकमा आह्वान समेत गरेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर