newskoseli.Com

‘ओलीको अध्यक्ष बन्नेलाई शुभकामना, मचाहिँ बन्दिनँ; हप्ताभन्दा बढी कुर्दिनँ’ : माधव नेपाल

‘केपीले अध्यक्ष दिन्छन् र खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानोस्, मचाहिँ जान्नँ’– आफूपक्षीय स्थायी कमिटीको बैठकमा माधव नेपालले सोमबार यसरी ‘दोस्रो अध्यक्ष’ पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।

माधवचाहिँ बोलिरहे– ‘…तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानोस्, अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नोस्– केपीको अध्यक्ष हुन को जाने ! अमृतजी (बोहोरा) र मुकुन्द (न्यौपाने) यहीं हुनुहुन्छ, भीम रावल जाने भए पनि जानोस् वा अष्ट कमरेड (अष्टलक्ष्मी शाक्य)… जो गए पनि हुन्छ ।’

वरिष्ठ नेता नेपालले अगाडि भन्दै गए– ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँचदलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने– यही होइन केपी ओलीले चाहेको ?’

‘अनि उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान ? जानोस्, मेरो शुभकामना छ; मचाहिँ जान्नँ,’ भीम रावलसहित कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औंला ठाडो पारेर माधवले भने– ‘अब बढीमा एक हप्ता कुरिन्छ, एक हप्ता– बुझ्नुभयो नि ’’

अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मात्र मान्य हुने कुराको सुनिश्चितता हुने कि नहुने ? जवाफनिम्ति अब एक हप्ता मात्र पर्खन सकिने, नत्र केपीपक्षसँग वार्ताको ढोका बन्द गर्ने अडान माधव नेपालले आफूपक्षीय नेताहरुको बैठकमा सुनाएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर