newskoseli.Com

ओलीले यसरी टारिदिए एमालेको एकता !

पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ मा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद अब मिल्ने अवस्थामा पुगेको निकट नेताहरूसँग बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नोस्’– घनश्याम भुसाललगायतका नेताहरूसँग उनले भनेका थिए ।

कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि विवाद मिल्ने अवस्थामा पुगेको नेपालले बताएका थिए । ‘साथीहरूकै आग्रहमा मैले पनि नरम नै सम्बोधन गरें, ओलीले पनि राम्रै कुरा गरेको सन्देश आएको छ,’ वरिष्ठ नेता नेपालले भनेका थिए– ‘स्पष्टीकरण पठाउनु पर्दैन भन्ने खबर आएको छ रे, तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ ।’

तर, त्यही दिन एमाले अध्यक्ष खड्ग ओलीले भने नेपालसहितका नेताहरूलाई लक्षित गरेर केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि ‘आममाफी’ को घोषणा गरे । त्यसपछि वरिष्ठ नेता नेपालको मनस्थिति फेरियो ।

‘ओलीले एमनेस्टी इज ग्रान्टेड भनेपछि पनि नेता नेपालले खासै वास्ता नगरी विवाद मिलाउने विषयमै छलफल गरिरहनुभएको थियो तर साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि उहाँको मुड परिवर्तन भयो, अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थाल्नुभयो’– नेपाल निकट एक नेताले भनेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर