newskoseli.Com

गठबन्धनमा गडबड : संकटमा फस्दै देउवा सरकार पनि ?

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको तत्कालीन विपक्षी र हालको सत्तापक्षीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन साता पूरा भएको छ ।

खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना बनाएका छन् । तर, गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन भएको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।

खास गरेर वर्तमान गठबन्धनका प्रमुख दुई पार्टीका प्रमुख (कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) का बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर