newskoseli.Com

‘अध्यक्ष होइन, अधिकार चाहिन्छ’ : माधव नेपालको अडान

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन् । पार्टी अध्यक्ष खड्ग ओलीले वरिष्ठ नेता नेपाललाई ‘दोस्रो अध्यक्ष’ दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् । तर, नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन् ।

‘पार्टीभित्र लामो समय विवाद भयो, फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ,’ वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो– नेताहरूको मूल्यांकन हुने सम्भावना कम छ, पहिले पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ ।’ स्रोतका अनुसार पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीकै बराबर अधिकार प्रयोग गर्न चाहन्छन् वरिष्ठ नेता नेपाल ।

धेरै समय ‘पर्ख र हेर’ को अवस्थामा बस्ने स्थिति नभएकाले निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्ने अवस्था आएमा एमालेमै बस्न सकिने सन्देश नेपालले आइतबार बिहान ओलीलाई पठाए । तर, ओलीले नेपालको सन्देशको कुनै जवाफ नदिएको स्रोतले जनाएको छ ।

उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डे वरिष्ठ नेता नेपालको सन्देश लिएर ओलीसँग भेटघाट गर्न गएका थिए । ओली भने नेपालको माग स्वीकार गर्न इच्छुक छैनन् । पृथ्वी सुब्बा गुरुङलगायतले दबाब दिएपछि नेपाल समूहलाई पार्टीमा ल्याउन ओली तयार भएका हुन् । कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा उनी छन् । १० बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने उनले बताएका छन् ।

स्थायी कमिटीको आइतबार बसेको बैठकमा सुवास नेम्बाङ र विष्णु पौडेललाई एकताका लागि व्यवहारिक रुपमा अधिकतम प्रयास गर्न उनले निर्देशन दिएका छन् । नेपालको सन्देशबारे ओलीले बैठकमा केही नबोलेको एक नेताले बताएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर