newskoseli.Com

खनाल–नेपाल समूह पनि फुटेकै हो ?

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको प्रचार गर्न थालिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ भने अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको प्रचारबाजी अध्यक्ष खड्ग ओली समूह र उनी निकट पत्रपत्रिकाले गरिरहेका छन् ।

ती दुई धार त्यतिबेला बलियो बने, जतिबेला नेता झलनाथ खनाल मिर्गौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालका नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटित भएको हो ।

र, त्यसपछि आचार्य विवादमा तानिए । त्यसैकारण २९ असारमा नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्तिबारे भने भीम आचार्य स्वयंले समेत पत्तो पाएनन् । कसले मस्यौदा गर्‍यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी कमिटीको ग्रुप (सामाजिक सञ्जाल) मा ‘सेयर’ गरे । नेपालले ग्रुपमा ‘सेयर’ गर्दा आचार्यसहितको टोली नेपालकै निवासमा थियो ।

आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्य त्यसपछि फन्केर हिँडेका थिए । यो समस्या त्यतिमा मात्रै टुंगिएन । २२ साउनमा बसेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटीकै बीचमा बसेको स्थायी कमिटीको बैठकमा समेत आचार्यले वरिष्ठ नेता नेपालको गाली खानुपर्‍यो ।

आश्चर्य चाहिँ के छ भने केही महिनायता नेपाल–खनाल समूहभित्रका खनाल निकट केही नेताहरु अस्वाभाविक रुपमा ‘एकता’ को पक्षमा उभिएका छन् । उनीहरुले अन्तिममा नेपाललाई छाडेर आफ्हरू एमालेमै रहन सक्ने ओलीनिकट नेताहरुसँग बताइरहेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर