newskoseli.Com

उपनिर्वाचन नहुने : सरकारको ध्यान सिधै निर्वाचनतर्फ

प्रतिनिधिसभा र प्रदेशसभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन नगर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रियसभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा निर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फ रिक्त २२ पदको भने उपनिर्वाचन नगरी सिधै निर्वाचन केन्द्रित गर्नेतर्फ सरकारको तयारी देखिँदै छ ।

निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभामा ४ र विभिन्न प्रदेशमा गरी प्रदेशसभामा १८ पद रिक्त छन् । उच्च स्रोतका अनुसार छोटो समय मात्रै कार्यकाल बाँकी रहने भएका कारण सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न चाहेको छैन ।

प्रतिनिधिसभाको निर्वाचन सुरु भएको अवधिलाई आधार मान्दा २०७९ मंसिरसम्म मात्र वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि बाँकी छ । यो अवधि भनेको अबको ११ महिना मात्र हो । त्यसैले यी पदमा उपनिर्वाचन नगर्नेतर्फ सरकारी मनशाय रहेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर