newskoseli.Com

सत्तासाझेदार दलहरुको संयुक्त संयन्त्र सातै प्रदेशमा

सरकार सञ्चालनलाई ‘प्रभावकारी बनाउन’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित ुउच्चस्तरीय राजनीतिक संयन्त्रु को बैठकले राष्ट्रियसभाको निर्वाचनलाई प्रभावकारी बनाउन भन्दै सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि वरिष्ठ नेता पौडेलले जनाएअनुसार केन्द्रको संयन्त्रले सबै प्रदेश समितिलाई निर्देशन जारी गर्ने र सत्तारूढ दलका प्रदेश नेतृत्व सम्मिलित समन्वय समिति गठन गर्ने निर्णय गरिएको हो । ‘सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार बनाइनुभएका साथीहरूलाई जिताउनका लागि केन्द्रबाट निर्देशन दिने र सातै प्रदेशमा पाँच दलका प्रतिनिधि रहेको समन्वय समिति गठन गरेर अघि बढ्ने निर्णय भएको छ’– पौडेलले भने ।

सत्तारूढ दलहरूको केन्द्रीय नेतृत्वले पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन सर्कुलर जारी गर्ने निर्णय भएको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले बताए । वरिष्ठ नेता पौडेलका अनुसार राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबारे पनि बैठकमा छलफल भएको छ । माघ १२ मा राष्ट्रियसभाका १९ सिटका लागि निर्वाचन हुँदैछ ।

गोरखापत्र दैनिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर