newskoseli.Com

उपत्यकामा ‘स्मार्ट लकडाउन’ को यस्तो तयारी !

कोरोनाभाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने तयारी भएको छ । यसै विषयमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।

कोभिड– १९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि भन्दै तीनवटै जिल्लाको कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर