newskoseli.Com

आफ्नै ‘रेकर्ड’ तोड्दै एमालेद्वारा नयाँ ‘कीर्तिमान’ !

नेपालको संसदीय राजनीतिमा ‘कालो इतिहास’ बनाएको एमालेले आफ्नै ‘कीर्तिमान’ तोडेर नयाँ ‘कीर्तिमान’ कायम गरेको छ । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नयाँ ‘कीर्तिमान’ बनाएको हो ।

२०५७ मा कायम गरेको आफ्नै ‘कीर्तिमान’ लाई एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनमा पछाडि पार्दै नयाँ ‘कीर्तिमान’ बनाएको हो । त्यसबखत ‘लाउडा प्रकरण’ को बहानामा एमालेले ५७ दिन संसद अवरोध गरेको थियो । त्यो अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलगायतले समेत एमालेलाई साथ दिएका थिए ।

यस पटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ । यी दुवै अधिवेशन गरेर एमालेको पछिल्लो संसद अवरोध बिहीबारसम्म ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका ३ बैठक एमालेकै कारण चल्न सकेनन् ।

एमालेबाटै भएको असंवैधानिक ‘विघटन’ पछि पुनर्स्थापित प्रतिनिधिसभाको नवौं र दसौं अधिवेशनमा पनि एमालेको अवरोध जारी नै रहेको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर