newskoseli.Com

सकसमा सापकोटा : सभामुखले झेलिरहेका यस्ता–यस्ता समस्या…

सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिन करिव वर्षदिन मात्र बाँकी छ । उनी सभामुखमा भएदेखि नै सदनको कामकारबाही अघि बढाउनु चुनौतीपूर्ण रहँदै आएको छ ।

पछिल्लो पटक संसदमा सभामुखकै विरुद्धमा महिनौं दिनसम्म नारावाजी हुनुले सदनमा सभामुखले धेरै अपमानको सामना गरिरहनु परेको छ । सहयोगका नामा भित्र्याइन खोजिएको अमेरिकन प्रोजेक्ट ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गर्ने देउवा सरकारको तयारीबाट समेत सभामुखलाई निकै ‘तनाव’ भइरहेको स्रोत बताउँछ ।

सभामुखमा निर्वाचित भएदेखि उनले धेरै झमेलाको सामना गर्नुपरेको छ । कोभिड– १९ का कारण लकडाउन हुँदा संसदमा बैठक सञ्चालनमा परेको असरदेखि ओली सरकारले गरेको संसद् विघटनका विरुद्ध उभिनुपर्ने अवस्था र संसदीय सुनुवाईविनै ओली सरकारले गरेका विभिन्न ३८ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिका विरुद्ध आफैंले अदालतमा मुद्दा दायर गर्नुपर्ने अवस्थासम्म आयो ।

यसपटक एमालेले सभामुख सापकोटालाई सत्तागठबन्धनको ‘मतियार’ समेत भनेको छ । ‘जो एमाले सिध्याउन खोजिराख्या’छ भने सभामुखको निष्पक्षता कसरी हुन्न्छ ? सभामुख गठबन्धनको पक्षधर देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो, तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन’– एमाले अध्यक्ष खड्ग ओलीको यो भनाइअनुसार नै एमाले संसद् अवरुद्ध गर्दै आएको छ ।

ओली प्रधानमन्त्री हुँदा पनि सभामुखका विरुद्ध बोल्ने गर्दथे । ‘सभामुखकै कारण एमसीसी सदनमा प्रवेश गर्न नसकिएको’ समेत ओलीले बताएका थिए । एमालेले संसद् अवरुद्ध गरेका कारण मंसिर २८ देखि सुरु भएको हिउँदे अधिवेशन पनि राम्रोसँग चल्न सकेको छैन । त्यसैले सदन बोलाएको महिना दिनसम्ममा तीन वटा बैठक मात्र बसेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर