newskoseli.Com

सम्साँझै बलेरो दुर्घटना : ६ को मृत्यु, ८ घाइते (नामावलीसहित)

बन्दीपुर गाउँपालिका, तनहुँस्थित साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बलेरो जिप शुक्रबार सम्साँझै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ८ बन्दीपुर गाउँपालिका–६ मा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

४ जनाको घटनास्थलमै र उपचारका लागि लैजाँदै गर्दा बाटोमा १ जना तथा बन्दीपुर अस्पतालमा उपचारकै क्रममा १ जनाको मृत्यु भएको सो घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिएका छन् । जिप अनियन्त्रित भई धरमपानीस्थित हटियाको भीरबाट १०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

बन्दीपुर गाउँपालिका– ६ का ९ महिने बालक आरुवी थापा, २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने र न्यौपानेकी ४८ वर्षिया श्रीमती सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । सोही ठाउँकी ५० वर्षिया बिमाया गुरूङको अस्पताल लैजाँदै गर्दा बाटोमा र सोही ठाउँका ४८ वर्षिय सन्तबहादुर गुरुङको बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाइते हुनेहरूमा बन्दीपुर गाउँपालिका, हुस्लाङकोटकी ४८ वर्षिया ममकुली गुरुङ, सोही ठाउँकी २२ वर्षिया कुमारी गुरुङ, सोही वडाको भाक्सेकी १६ वर्षिया सनिसा थापा, सोही ठाउँकी सात महिनाकी बिबिसा थापा, सोही ठाउँका १८ वर्षिय कुमार थापा, २० वर्षिय दानबहादुर थापा र २१ वर्षिय बिपिन थापा गरी ८ जना रहेका छन् ।

घाइतेहरूको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि चितवनस्थित भरपुर शिक्षण अस्पताल लगी उपचार भइररहेको प्रहरीले जनाएको छ । जिपका चालक तथा साहु ४८ वर्षिय आनन्द गुरुङ फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर