newskoseli.Com

२० देशमा नेपालका राजदूत खालि : कहाँ–कहाँ ?

विभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ ।

कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ ।

असल सम्बन्ध स्थापित गर्ने अत्यावश्यक माध्यमका रूपमा रहेका राजदूतावास खालि रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन् । यसरी राजदूत पद खालि रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने उनको भनाइ छ ।

तीन देशका राजदूतको संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको छ तर संयुक्त अधिराज्य बेलायतबाट मात्रै अहिलेसम्म स्वीकृति (एग्रिमो) प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझैसम्म स्वीकृति प्राप्त नहुँदा राजदूत नियुक्तिमा ढिलाइ भइरहेको छ ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न विभिन्न मुलुकमा ३० वटा दूतावास स्थापना गरेको छ । त्यस्तै, संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्क, जेनेभा र भियनामा गरी तीनवटा स्थायी नियोग कायम गरिएको छ । ल्हासा, कलकत्ता, हङकङ, जेद्दा, न्युयोर्क, ग्वान्जाओ र छेन्दुमा गरी विभिन्न सातवटा महावाणिज्य दूतावास रहने परराष्ट्र मन्त्रालयको साङ्गठनिक संरचना छ ।

तर, हाल १० वटा मुलुकमा मात्र राजदूत रहँदा अन्तर्राष्ट्रिय गतिविधि निष्क्रिय भएको गुनासो बढेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर