newskoseli.Com

‘अन्धो’ बने देउवा : ‘बरू गठबन्धन तोड्ने, एमसीसी नछाड्ने’ !

एमसीसीका विषयमा भएको अन्योलले ‘देशलाई घाटा हुने’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौतालाई संसदबाट ‘अविलम्ब पारित गराउन’ प्रतिबद्ध देखिएका छन् । तर, सत्तासहयात्री नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने सहमतिविना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् ।

‘नेपालको हित कसरी हुन्छ भन्नेमा आफू पनि सचेत रहेको तर सहयात्री दलका नेताहरूले नबुझेको’ भन्दै प्रधानमन्त्री देउवा असन्तुष्ट छन् । ‘एमसीसी स्वीकार गरे कति आर्थिक सहायता आउँछ भन्ने एउटा कुरा हो, तर सम्झौता अनुमोदन नभए अमेरिका र चीनको भूराजनीतिक चेपुवामा नेपाल पर्छ, देशलाई यो झमेलाबाट जोगाउन सम्झौता पास गर्नुपर्छ, तपाईंहरूले साथ दिनोस् भनेर प्रधानमन्त्रीले पटक–पटक भन्नुभएको छ’– एक मन्त्रीले भने ।

अमेरिकी अनुदान फिर्ता भए त्यसको असर विकास साझेदार संस्था तथा राष्ट्रहरूको सहयोगमा पर्छ भन्नेमा प्रधानमन्त्री ‘चिन्तित’ रहेको उनको भनाइ छ । सम्झौता पारित गराउन अवरोध भए ‘सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने’ सन्देश पनि प्रधानमन्त्रीले सहयात्रीहरूलाई दिएका छन् ।

एमसीसी पारित गराउनका लागि प्रमुख प्रतिपक्षी एमालेको सहयोग लिन पनि प्रधानमन्त्री देउवाले ‘समानान्तर संवाद’ अगाडि बढाएका छन् । विषय पेचिलो बन्दै गएपछि मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पालैपालो खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पुगे । तर, एमसीसीका पक्षमा प्रचण्डबाट सकारात्मक जवाफ नपाएको कांग्रेसका एक नेताले बताए ।

‘विशिष्ट अवस्थामा बनेको गठबन्धन टुटोस् भन्ने हाम्रो अभिप्राय छैन तर प्रधानमन्त्रीका पनि आफ्नै जिम्मेवारी हुन्छन्, हामी सबैले देशको हित सोचेका छौं; तपाईंहरूबाट रचनात्मक सहयोगको अपेक्षा छ भनेर सन्देश सुनाइएको छ, उहाँहरूसँग लगत्तै निर्णायक संवाद हुने छ’– ती नेताले भने । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने परिमार्जनविना सम्झौता अनुमोदन गर्न नसकिने अडानमा कायमै छन् ।

‘सहमतिबिना एमसीसी सम्झौता अगाडि बढाइए आफूहरू गठबन्धनमा रहने सम्भावना कम रहेको’ संकेत माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका छन् । ‘संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको यस गठबन्धनको एकतालाई अझ सुदृढ गर्नु आवश्यक छ तर एमसीसी यथास्थितिमा टेबल गर्न वा पारित गर्न सकिँदैन, हाम्रा लागि राष्ट्रिय हित नै सर्वोपरि हुन्छ’– माओवादी नेता श्रेष्ठले भनेको खबर बबिता शर्माकुलचन्द्र न्यौपानेको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यी खबर पनि पढ्नुहोस्–

‘गठबन्धन टुट्ने’ देउवाको धम्की र कांग्रेस उभिएको धरातल

नेपालमा एमसीसी : क–कसका पालामा के–के भयो ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर