newskoseli.Com

गठबन्धन बचाउने कि भत्काउने ? कांग्रेसभित्र दुई धार

पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे मुख्य सत्तारूढ नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित भएका छन् ।

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताकै पक्षमा देउवालाई साथ दिँदै आइरहेका छन् ।

तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने अब सत्ता गठबन्धनको निरन्तरता आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू पछिल्लो समय अलमलमा परेपछि डा. कोइरालाले भने ‘अब गठबन्धनको आवश्यकता नरहेको’ बताएका छन् ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने कोइरालाले बताउँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवानेता गगन थापा समेत आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन गरेर नगई एक्लै चुनाव भिड्ने बताउँदै आइरहेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर