newskoseli.Com

एमाले सांसदमाथि शिक्षिका बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले) का नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।

नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छन् । माघ १९ गते राति होटलमा बसेका बेला बानियाँले आफूमाथि बलात्कार गरेको आरोप जाहेरीमा लगाइएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । सांसद बानियाँविरुद्ध बलात्कार भएको जाहेरी परेको पुष्टि गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले भने– ‘सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ, हामी बुझ्दै छौं । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।’

त्यो रात कण्डम लगाएर दुई पटक बलात्कार गरेको ती शिक्षिकाको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर