newskoseli.Com

कांग्रेसको घोषणा : ‘गठबन्धन अब निर्वाचनसम्मै’

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको ‘आयु’ लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसदबाट आइतबार एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्येका चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँचदलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबार गठबन्धनबाट बाहिरिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको छ । प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट (सोमबार) कांग्रेसले पत्रकार सम्मेलन गर्दै गठबन्धन अब निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन आबद्ध सरकार निर्वाचनसम्म नै एकसाथ अघि बढ्ने बताए । गठबन्धनभित्र रहेका थप आशंकालाई समेत चिर्दै अघि बढ्ने जानकारी उनले दिएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर