newskoseli.Com

‘म्यादी प्रहरी’ को जागिर ४० दिन मात्र ! तलब पनि घट्ने…

२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना गरिने म्यादी प्रहरीको कार्यावधि यसअघिको तुलनामा घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) हुन्थ्यो, यसपटक भने जम्मा एक महिना वा बढीमा ४० दिनसम्म मात्र बनाउने तयारी गरिएको छ ।

म्यादी प्रहरीले तलब–सुविधा पनि यसअघिको जति पाउने छैनन्, कार्यावधिअनुसार नै उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह (मासिक करिव २४ हजार) तलब, पाँच हजार रुपैयाँ पोसाक भत्ता र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । उनीहरुलाई एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) दिइन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार म्यादीको कार्यावधि घटाइनुको मुख्य कारण बजेट र निर्वाचन अवधिलाई देखाइएको छ । निर्वाचन आउन ७५ दिन मात्रै बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नु पर्ने हुन्छ ।

विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो । तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख रहेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर