newskoseli.Com

प्रचण्ड ‘धेरै तनावमा’ : मिलनविन्दु भेट्टाउनै सकस

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । ‘आन्तरिक गृहकार्य नपुगेको’ भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादी केन्द्रले जारी गर्‍यो ।

बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न विषयमा ‘सहमति जुटाउने प्रयास’ गरिरहेका छन् । तर, सहमति जुटाउन उनी सफल भइसकेका छैनन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनविन्दु भेट्टाउन नसकेको माओवादी स्रोतको दाबी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी सम्झौताको समीक्षा, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी समिति गठन, पोलिटब्युरो गठन, नेताहरूको जिम्मेवारी बाँडफाँट र स्थानीय तहको निर्वाचनलगायतका एजेन्डा तय गरिएका छन् । यी एजेन्डामा सहमति जुट्न नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।

‘प्रचण्ड कमरेडका लागि एमसीसी गलपासो भएको छ; पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित्त बुझाउन सक्ने अवस्था छैन त्यसैले उहाँ अहिले धेरै तनावमा हुनुहुन्छ’– माओवादी केन्द्रका एक नेताले भनेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर