newskoseli.Com

युक्रेन–रसिया आसपास ८ हजारभन्दा बढी नेपाली

युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा ८ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । युक्रेन–रसियाबीच युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत ८ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन् ।

रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका ८ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर पर्न सक्ने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

युक्रेन र रसियाबाट नेपाली श्रमिकको माग तत्काल नआएकाले श्रम स्वीकृति रोक्नुपर्ने अवस्था भने नरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। यहीबीच ती देशबाट माग आए श्रम स्वीकृति रोकिने जानकारी उनले दिए ।

विगत ३ वर्षयता वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका ८ हजारमध्ये रोमानियामा ५ हजार ३ सय ५, पोल्याण्डमा २ हजार २ सय १३, रसियामा ३ सय ६०, हंगेरीमा ५३ र युक्रेनमा ८५ जना नेपाली श्रमिक कार्यरत रहेको देखिएको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर