newskoseli.Com

उपमहानगरका ‘जनप्रतिनिधि’ ले खाए २ दिनमा ८०३ किलो मासु !

स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ; जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् ।

यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाई मासुमा नै यत्तिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् । यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ ।

उनीहरुले कुखुराको मासु भने ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन्, जसको खर्च ७५ हजार रुपैयाँ पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सञ्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर