newskoseli.Com

माओवादी–कांग्रेस मिले १०९, माओवादी–एमाले मिले १४५ सिट !

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनको मिति घोषणा हुनुअघि नै निर्वाचन परिणामबारे व्यापक लेखाजोखा गर्न थालिएको छ । मुख्यतः सरकारी तहबाट नै आसन्न निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो ।

दुई महिना लगाएर गृह मन्त्रालयले गरेको एक अध्ययनको तथ्यांकअनुसार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । एक्लाएक्लै निर्वाचनमा गए प्रत्यक्षतर्फका १६५ सिटमध्ये कांग्रेसले ७७ सिट, एमालेले ७० सिट र माओवादी केन्द्रले ८ सिट जित्ने रिपोर्ट उक्त अध्ययनको रिपोर्टमा निकालिएको छ ।

गृह मन्त्रालयले यसका अलवा अर्को रिपोर्ट पनि बनाएको छ । उक्त रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । माओवादी केन्द्र र एमाले मिल्दा प्रत्यक्षतर्फ करिव दुईतिहाइ बहुमत आउने सो तथ्यांकले देखाएको छ ।

माओवादी केन्द्र र एमाले र मिल्दा १४५ सिट आउने अनि माओवादी केन्द्र र कांग्रेस मिल्दा १०९ सिट जित्ने सो तथ्यांकले देखाएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर