newskoseli.Com

विषाक्त मिठाइले २३ को ज्यान लियो

मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान क्षेत्रमा उमार हयात नामक एक व्यक्तिको निवासस्थानमा सो घटना भएको हो ।

गत हप्ता ती व्यक्तिका नाती जन्मिएको उपलक्ष्यमा आफन्त र छरछिमेकलाई मिठाइ खान दिइएको थियो । सोही मिठाइका कारण उक्त घटना भएको जनाइएको छ ।

गत अप्रिल १७ गते भएको सो भोजमा सोही दिन १० व्यक्तिको मृत्यु भएको जनाइएको छ । मिठाई खाने व्यक्तिहरुमा हालसम्म २३ व्यक्तिको मृत्यु हुनुको साथै ५२ जना अझै विभिन्न अस्पतालमा उपचारार्थ रहेका जनाइएको छ । रासस÷एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर