newskoseli.Com

‘बहुपति प्रथा’ अझै कायमै : युवती गाउँ फर्कन नमानेपछि विवाह गर्न केटालाई कठिन !

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो । लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको नाम्खा गाउँपालिका– ६ को हिमालपार...बाँकी

पार्टी र चुनाव चिह्न कसकाे ? जसको बहुमत उसैको…

सत्ताधारी नेकपाभित्रको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झन्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेला...बाँकी

प्रचण्ड–बादल दोस्रो ‘सम्बन्ध–विच्छेद’ : रुँदैरुँदै चुनबाङ बैठकमा के भनेका थिए बादलले ?

राजनीतिक जीवनको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ बीच फेरि दोस्रो पटक ‘सम्बन्ध–विच्छेद’ भएको छ । यसअघि २०६९ मा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) बाट अलग भएका बादल बिहीबार विधिवतरूपमै खड्ग ओली नेतृत्वको नेकपामा बिलय भएका छन् । बादलको राजनीतिक प...बाँकी

आचारसंहिताविपरीत प्रधानमन्त्री–प्रधानन्यायाधीश ‘खासखुस’ : इजलास छोट्याएर ओलीसँगै कुम जोड्न पुगे चोलेन्द्र !

सर्वोच्च अदालतमा बुधबार प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी निवेदनहरुको बहस चल्दै गर्दा एकल इजलासमा रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भित्तामा राखिएको घडीतिर हेर्दै पौने २ बजेसम्म बहस टुङ्ग्याउन आग्रह गरे । त्यसपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्च अदालत परिसरसँगै जोडिएको महान्यायाधिवक्ता...बाँकी

नेकपा र सूर्य चिह्न कसको ? प्रचण्ड–नेपाल कि ओलीको ?

सत्ताधारी नेकपा विभाजित भएर दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १. ओली समूहको २. दाहाल–नेपाल समूहको ३. कसै न कसैको (निलम्बन हुने) यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्– १. ओलीतिर ‘प्रथम’ अध...बाँकी

संसद ‘विघटन’ को मुद्धा : अन्तरिम आदेश नदिई हाँस्दै किन टारे चोलेन्द्रले ?

प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ताले अल्पकालीन आदेश माग गरे पनि प्रधान न्याया...बाँकी

चोलेन्द्रसमशेरसँग जोडिएका चिन्ता : सबै रिटको सुनुवाई उनकै एकल बेन्चमा

संविधानले दिँदै नदिएको ‘अधिकार’ सहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद ‘भंग’ गरिएपछि प्रधान न्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला भन्नेतर्फ आम जिज्ञासा केन्द्रित भएको छ । अध्यादेशको बलमा हठात् संवैधानिक परिषदको संरचनालाई फेर्दै त्यही दिउँसो प्रकाशित शीतलनिवासको विज्...बाँकी

‘प्रचण्डले हेपे’ भन्दै बादलको बिलौना : लाभका पदमा जताततै आफ्ना मान्छे छपक्कै

‘प्रचण्डले मलाई एकदमै अन्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो, अब मन्त्रीबाट राजीनामा दिएँ भनेर भन्न म उहाँकहाँ जान्नँ !’ परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने दबाबसहित सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सरकारी निवास पुल्चोक पुगेका आफू पक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त...बाँकी

देउवाको ‘मुड’ ओलीसँगै मिल्ने, पौडेलको झुकाव प्रचण्डतिर !

संसद् विघटन गर्ने प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र दुईथरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनर्स्थापनातिर केन्द्रित हुने कि निर्वाचिततिर भन्नेमा ...बाँकी

विभाजित हुँदै नेकपा : को–को, कता–कता ? (नामावलीसहित)

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको सत्ताधारी नेकपा एकताको साढे दुई वर्ष नबित्दै विभाजनमा पुगेको छ । प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका दुई समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारबाही गर्दै विभाजनलाई औप...बाँकी