newskoseli.Com

चीनबाट ल्याइए मेडिकल सामग्री : धरानमा पनि परीक्षण सुरु, सातै प्रदेशमा विस्तार हुँदै

चीनको गोन्जाओबाट कोरोनाभाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौं ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान प्राप्त तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने भ...बाँकी

पहिल्यै घटेको रेमिट्यान्स कोरोनापछि झन् ठप्पै

रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जबकि माघमा चीनबाहेक अन्यत्र काेरोनाको प्रभाव खासै थिएन । गत वर्षको सात...बाँकी

विनाकाम बाहिर निस्के अब सिधै क्वारेन्टाइन !

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर विनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले अब सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति प्रहरीले लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारदेखि नै सो...बाँकी

अचानक पड्केको गोली लागेर प्रहरीको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले आह्वान गरेको लकडाउनमा खटेने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनका क्रममा गोली लागेर घाइते भएका थिए । मणिपाल अस्पतालमा उपचारकै क्रममा प...बाँकी

संक्रमित युवतीका विमान सहयात्री ३३ जनामा कोरोना नेगेटिभ

फ्रान्सबाट फर्केकी १९ वर्षीया युवतीसँगै विमानमा आएका प्रदेश– २ का ३३ जनामा कोभिड– १९ को संक्रमण नदेखिएको बताइएको छ । ती युवतीमा कोभिड– १९ देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘एक जनाको टेकु, काठमाडौंमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन,’ प्रदेश– २ का प्रहरी ...बाँकी

‘वनका राजा’ पनि ‘लकडाउन’ मा !

आफूलाई ‘वनको राजा’ भन्न मन पराउने राउटे समुदायको वस्ती पनि यतिबेला ‘लकडाउन’ मा छ । ‘जनतामा कोरोना संक्रमण नहोस् भन्नका लागि लकडाउन गरिएको’ भेरीगंगा नगरपालिका– २, सत्तरी, सुर्खेतनजिकै छिन्चु खोलामा बसोवास गरिरहेका ‘वनका राजा’ ले बताए । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाका रुपमा चिनिएका राउटे द...बाँकी

पेट्रोलियम, खाद्यान्न र तरकारी बोकेका ८५ ट्याङ्कर र ट्रक भारतबाट भित्रिए एकै दिन

सीमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकै दिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइ...बाँकी

मेलम्चीका सबै काम ठप्प : अबको दसैंअघि पनि काठमाडौंमा पानी नआउने

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् । ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप...बाँकी

इन्डक्सन चुल्होमा भन्सार छुट : सस्तोमा बिक्रीको व्यवस्था हुँदै

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोबेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । योमध्ये १५ प्रति...बाँकी

हरेक परिवारलाई महिनामा एक सिलिन्डर ग्यास

कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यासको बिक्री–वितरणमा समस्या हुन सक्ने भएकाले एक परिवारलाई महिनामा एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी नेपाल आयल निगमले सो व्यवस्था गरेको हो । त्यसका लागि बिक...बाँकी