newskoseli.Com

बन्दुकधारीको हमलामा परि सांसदसहित १० को मृत्यु

 सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।   प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए । बीबीसीका अनुसार होटलम...बाँकी

‘आतंकवादी’ बन्न फर्म भर्दै अन्तर्वार्ता, सोधिन्छ– कहिले र कहाँ मर्ने ?

पढ्न र सरकारी जागिर खान मात्र होइन, अब ‘आतङकवादी’ सङगठनमा लाग्न समेत विधिवत ढंगबाट फर्म भरेर अन्तर्वार्ता दिई ‘उत्तीर्ण’ हुनुपर्ने समय आएको छ । संसारको सबैभन्दा ठूलो ‘आतङ्कवादी’ सङ्गठन इस्लामिक स्टेट अफ इराक–सिरिया (आईएसआईएस) मा भर्ती हुन चाहने युवाहरुले २३ वटा प्रश्नहरुको जवाफ दिँदै विधिवत् फर्म...बाँकी

शान्ति सेना चढेको गाडी एम्बुसमा पर्‍यो, ५ जनाको मृत्यु

अफ्रिकी मुलुक मालीमा खटिएका संयुक्त राष्ट्रसंघमा पाँच जना शान्ति सेना मारिएका छन् । राष्ट्रसंघका अनुसार मृत्यु हने सबै सेना अर्को अफ्रिकी मुलुक टोगोका हुन् । मालीको मोप्तो क्षेत्रमा नियमित गस्तिमा रहेको बेला ति शान्ति सेना चढेको गाडी एम्बुसमा परेको थियो । विष्फोटपछि आगलागी हुँदा ५ जनाको मृत्यु...बाँकी

डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप

अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागोमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप भएको छ । झडप लगत्तै प्रहरीले शहरको सम्मेलन केन्द्र बाहिर जम्मा हुनु गैरकानुनी घोषणा गरेको छ । ३५ जनालाई पक्राउ गरिएको छ । ट्रम्प भने मेक्सिकन सीमा नजिकको शहरमा ...बाँकी

फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ । फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ५७२.१ गहिराई केन्द्र भएको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ...बाँकी

जलवायु परिवर्तनका कारण अन्न विषाक्त बन्दै

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनका कारण अन्न लगायत कृषि उत्पादन विषाक्त बन्दै गइरहेको छ । राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो । प्रतिवेदनका अनुसार खडेरी र बढ्दो तापमानका कारण बालीमा रासायनिक तत्वको भण्डार बढ्न थालेको हो । गहुँ, मकै लगायतका केही यस्ता बाली छन् जसमा उर्व...बाँकी

फ्रान्समा चर्कियो श्रमिक आन्दोनल, आणविक केन्द्रमा समेत हड्ताल

फ्रान्समा विवादास्पद श्रम सुधारसम्बन्धी कानुनको विरोधमा सुरु गरेको आन्दोलनको असर बढ्दै गएको छ । देशभरका पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रका मजदुरले काम ठप्प पारी हड्ताल गरिरहेको बेला आज आणविक उर्जा केन्द्रमा समेत हड्ताल आव्हान गरिएको छ । फ्रान्सका कुल १९ मध्ये १६ आणविक भट्टीमा काम गर्ने मजदुरले ब...बाँकी

सिरियाको रक्का शहरबाट आइएस संग भीषण संघर्ष

सिरियामा उत्तरी रक्काबाट इस्लामिक अतिवादी समुह आइएसलाई हटाउने क्रममा भीषण संघर्ष भएको छ । अमेरिकी सहयोगमा सिरियन कुर्दिस र अरब लडाकुहरुले संयुक्तरुपमा सैन्य अभियान चलाएका हुन् । यस अभियानमा सिरियन डेमोक्रेटिक फोर्सका ३० हजार लडाकु परिचालन गरिएको छ । अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानले रक्ष...बाँकी

जिका भाइरसको संक्रमण युरोपसम्म फैलनसक्ने

विश्व स्वास्थ्य संगठनले गर्मी याममा जिका भाइरस युरोपसम्म प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. मारग्रेट चानले लामखुट्टे नियन्त्रण गर्न सफल नभएको भन्दै जिका भाइरस अब युरोपसम्म फैलिने भन्दै सबैलाई सचेत रहन निर्देशन दिएका छन् । डा. चानले जिका भाइरसका लागि विश्वका कयौ...बाँकी

माल्दिभ्सका पूर्व राष्ट्रपति बेलायतमा शरणार्थी बने

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद बेलायतमा शरणार्थी बनेका छन् । ४९ वर्षीय नशीदलाई आतंकवादको आरोपमा माल्दिभ्स सरकारले जेलमा राख्दै आएको थियो । सरकारले उनलाई उपचारका लागि बेलायत जान अनुमति दिएको थियो । उपचारका लागि बेलायतमै रहँदा उनले बेलायत सरकारबाट ‘शरणार्थी’ को दर्जा पाएका छन् । नशीदको क...बाँकी