newskoseli.Com

आईएसले मोसुलमा ४० जनालाई टाउको छिनाएर हत्या गरे

 आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ । उनीहरूले आईएसका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ । इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आ...बाँकी

विवाह समारोहमा मारिनेको सङ्ख्या ५० पुग्यो

 टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्र...बाँकी

यमनी विद्रोहीको समर्थनमा लाखौँ मानिस सडकमा

 यमनी विद्रोही सिया हुठी समूह र उनीहरुको नेता पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको समर्थनमा यमनमा शनिबार लाखौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । हुठी विद्रोही तथा सालेहका शुभचिन्तकले गत महिना गठन गरेको एकीकृत शासकीय परिषद्को पक्षमा विद्रोहीद्वारा नियन्त्रित यमनी राजधानी सानामा प्रदर्शन ...बाँकी

फिलिपिन्सका राष्ट्रपतिद्धारा चिनियाँ सहयोगको सराहना

 फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागूऔषधको अवैध प्रयोग र ओसारपसारका विरुद्धमा चीनले गरेको सहयोगको सराहना गरेका छन् । फिलिपिन्सको सरकारले लागू औषधका विरुद्धमा जारी राखेको लागूऔषधको अवैध रुपमा गरिने ओसारपसार लगायतका क्षेत्रमा चीनले पुर्याएको सहयोगको सराहना गर्दछु, उनले भने । ...बाँकी

मारिए २० तालिवानी विद्राेही

अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् । राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी

अवैधरूपमा भारतीयले धर्मपुत्रपुत्री बनाएको रहस्य

 अढाइ वर्षदेखि बेपत्ता एकै घरका ३ बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो । चनियाले बालबालिकाका बुबा द...बाँकी

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्...बाँकी

टर्कीमा ३८ हजार कैदी छिट्टै मुक्त गरिने

 गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजारजति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको तथ्य न्याय मन्त्री बेकिर बोजागले बुधबार बताएका छन् । गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण सोको उचित व्यवस्थापन गर्नुपरेको ...बाँकी

इमनी हुठी विद्रोहीद्वारा अरब नेतृत्व गठबन्धनले अस्पतालमा गरेको हमलाको निन्दा

 यमनको हुठी विद्रोही समूहले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सोमबार गरेको हवाई आक्रमणको निन्दा गरेको छ । हवाई आक्रमणमा अस्पतालमा उपचारारत ११ जनाको मृत्यु भएको थियो । हुठी विद्रोही समूहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तमिम अल शामीले भने—"द्वन्द्व प्रभावित इलाकामा ‘डक्टर्स विदाउट बोर्डर्सले ...बाँकी

अमेरिकी सैन्य प्रमुख दक्षिण कोरिया

अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्ने भएका  छन् । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लागेका हुन् । उनले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लागेका हुन् । दक्षिण कोरियाका ...बाँकी