newskoseli.Com

मदर टेरेसालार्इ क्रिश्चियन सन्तको उपाधि दिइयो

भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ । लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।  टेरेसाको १९औं बार्षिकीको पु...बाँकी

फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा २ हजार ४ सयको मृत्यु

फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराधविरोधी अभियानमा करिब २ हजार ४ सय मनिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएकोे छ । राष्ट्रपति डुटेर्ते सत्तामा आएको करिब तीन महिना पुगिसकेको छैन तर लागुऔषध तथा शङ्कास्पद आपराधिक गतिविधिमा लागेका अधिकांश मानिसले पक...बाँकी

मलेसियामा पनि देखियो जिका भाइरस्

मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ । यसअघि मलेसियाली...बाँकी

राष्ट्रसङ्घद्वारा चीन र अमेरिकालाई धन्यवाद

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ जलवायु अधिकारीद्वारा संयुक्त राज्य अमेरिका र चीनलाई पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको भनी धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रसङ्घका वरिष्ठ जलवायु विशेषज्ञ प्याट्रिसिया स्पीनोसाले शनिबार एक विज्ञप्ति जारी गर्दै पेरिस सम्झौताले विश्वका हरेक देश र नागर...बाँकी

इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् । जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाए...बाँकी

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो । बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको प...बाँकी

इराकमा अगस्ट महिनामा छ सय एकानब्बेको मृत्यु : राष्ट्रसङ्घ

इराकमा हिंसा, सशस्त्र द्वन्द्व तथा आतङ्कवादी हमलामा परी सन् २०१६ को अगस्टमा मात्र ६९१ जना इराकी नागरिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको इराकस्थित सहायता अभियानले बिहीबार जनाएको छ । राष्ट्रसङ्घको तथ्याङ्कअनुसार उक्त महिनाभर भएका सशस्त्र द्वन्द्वमा परी ४७३ जना सामान्य नागरिकको मृत्यु भएको र ८१३ ...बाँकी

ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित

 ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए। निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे ...बाँकी

ब्राजिलका राष्ट्रपति रुसेफलाई पदबाट हटाइयो

ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो । सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । सिनेटका ८१ मध्...बाँकी

सिरियाली विद्रोही परिवारसहित दारयाबाट बाहिरिन सुरु

 सिरियाको दारया क्षेत्रमा द्वन्द्वरत विद्रोहीले सरकार विद्रोहीबीच भएको समझदारी अनुसार उक्त सहरलाई छोडी इदलिव प्रस्थान गर्न सुरु गरेका छन् । ४ वर्षसम्म उक्त सहरलाई सिरियाली सेनाले नियन्त्रणमा लिएको थियो भने विद्रोहीले शहरमा लुकीछिपी आक्रमण गर्दा शहरमा हुनेगरेका झडपका कारण शहरी संरचना क्षतविक्षत ...बाँकी