newskoseli.Com

इजरायली राष्ट्रपति पेरेजको स्वास्थ्यमा सामान्य सुधार

नोभेल शान्ति पुरस्कार विजेता तथा इजरायलका पूर्व राष्ट्रपति सिमन पेरेजको स्वास्थ्यमा सामान्य सुधार देखिएको उपचाररत अस्पतालले बुधबार जनाएको छ । ९३ वर्षीय पेरेजलाई मङ्गलबार मस्तिष्कघात भर्इ बेहोस भएपछि अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सक यित्जाहक क्रेसले बताए । क्रेसका अनुसार उनलार्इ उमेर बढ...बाँकी

भारतद्वरा अफगानिस्तानलाई थप १ अर्ब अमेरिकी डलर सहयोग गर्ने

भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्ता...बाँकी

७ नाइजर सैनिकको हत्या

 नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि २ छुट्टाछुट्टै इलामा गरेको आक्रमणमा कम्तीमा ७ नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर रात...बाँकी

उत्तरी भारतमा सडक दुर्घटना ७ को मृत्यु

उत्तरी भारतीय राज्य हर्याणामा मङ्गलबार भएको एक सडक दुर्घटनामा कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा २ वटा सवारी साधन एकआपसमा ठोक्किँदा सो द...बाँकी

काश्मिर झडपमा थप २ जनाको मृत्यु, मृतक सङ्ख्या ७८ पुग्यो

भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी २ जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । काश्मिरका विभिन्न १० जिल्लामा प्...बाँकी

जाम्बियाका राष्ट्रपतिद्वारा सपथग्रहण

जाम्बियाका नवनिर्वाचित राष्ट्रपति एडगार लुङ्गुले मङ्गलबार सपथग्रहण लिनुभएको छ । उक्त क्षेत्रका नेताहरू जिम्बावेका रोबर्ट मुगाबे तथा बोटस्वानाका इयान खामाको उपस्थितिमा सपथग्रहणका कार्यक्रम गरिएको थियोे । जाम्बियाको प्रतिपक्षी दलले नवनिर्वाचित राष्ट्रपतिले निर्वाचनमा अतियमितता गरी बहुमत लिएको भनी रा...बाँकी

युक्रेनी विद्रोहीद्वारा एकतर्फीरुपमा युद्धबिराम घोषणा

पूर्वी युक्रेनमा द्वन्द्वरत विद्रोही नेता अलेक्जेन्डर जाखाचेन्कोले मङ्गलबार एक विज्ञप्ति जारी गरी बुधबार मध्यरातिबाट लागू हुनेगरी आफ्नो समूहले एकतर्फीरुपमा युद्धबिराम गरेको बताएका छन् । रसिया पक्षधर पृथकतावादी विद्रोही नेताबाट आएको यो घोषणा युक्रेनमा जारी दुई वर्ष लामो द्वन्द्व अन्त्य गर्दै...बाँकी

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ । उनले अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायः विजयको नजिक पुग्न लाग्नु भएकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्चीत छिन् । यसै वर्ष आयोजना हुने पार्ट...बाँकी

सिरियामा युद्धविराम सुरु

सिरियामा सोमबार सूर्यास्तपछि हुने भनिएको युद्धविराम सुरु भएको छ । युद्धविराम होला कि नहोला भन्ने आशङ्काबीच सोमाबार सूर्यास्तपछि सो कार्यान्वयनमा आएको बताइएको छ । रुस र अमेरिकाले संयुक्त पहलमा भएको यो युद्धविराम सम्झौतामा सोमबार सूर्यास्तपछि हतियार नउठाउनमा सबै विद्रोही समूह सहमत भएका थिए, भने स...बाँकी

इदको प्रार्थनामानै आक्रमण ८ जना घाइते

पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ । मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी आठ जना घाइते भएका स्थानीय उर्दु टिभी च्यानल समाले जनाएको छ । घाइतेमध्ये चार प्रहरी अधिकारी रहेका छन् भने एक जनाको अवस्था गम्...बाँकी