newskoseli.Com

एसपी विष्टलाई निष्कासन गर्न हेडक्वार्टरको सिफारिस : गृह मन्त्रालयले निर्णय लिँदै

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई प्रहरी सेवाबाटै निष्कासनको सिफारिस गरेको छ । प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र...बाँकी

नवलपरासीमा बस दुर्घटना : ५ को मृत्यु, ५० भन्दा बढी घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका– ११, अरुणखोलामा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने कम्तिमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस ५ बजे आफैं अनियन्त्रित भई सडकबाट करिव ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घट...बाँकी

रामेछापमा जिप दुर्घटना : ३ को मृत्यु, ८ घाइते

शनिबार साँझ रामेछाप नगरपालिका– १, गोगनेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको सिनामंगलस्थित काठमाडौं मैडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप नगरपालिका– १, गोठगाँउका ४५ वर्षीय दुर्गाबहादु...बाँकी

भादगाउँमा परम्परागत खड्गजात्रा र सेतो घोडेजात्रा…

बडादसैंको मुख्य दिन विजयादशमीको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग जात्रा) सम्पन्न भयो । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ । बडादसैंको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि...बाँकी

१७ वर्षेले खुकुरी हान्दा २७ वर्षे युवक ठहरै

मोरङको पथरीशनिश्चरे– ८ स्थित शुक्रबारेमा शुक्रबार राति खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर राति १० बजे खुकुरी प्रहार गरी सोही ठाउँका २७ वर्षीय विजय खड्काको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्...बाँकी

ग्यास सिलिण्डर पड्कँदा १ को मृत्यु, २ घाइते

जनकपुरधाम उपमहानगरपालिका– ४, पुरानो बसपार्कस्थित ग्यास वेल्डिङ वर्कसपमा शुक्रबार ग्यासको सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । उक्त विष्फोटमा अन्य दुई जना घाइते भएका छ...बाँकी

बालगृहका ४६ जनालाई नगर प्रमुखले लगाइदिए टीका

उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बालगृहमा आश्रित बालबलिकाले पनि शुक्रबार विजयादशमी मनाए । बालगृहमा आश्रित ४६ जना बालबालिकालाई नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । बालगृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए । २०५९ ...बाँकी

ज्ञानेन्द्र शाहको शुभकामना : व्यवस्थाविरुद्ध आक्रोश (जस्ताको तस्तै)

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी– २०७५ को शुभकामना सन्देश प्रेषित गर्दै वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध तीव्र आक्रोश पोखेका छन् । ‘देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली– राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थाम...बाँकी

नवमी मनाउँदा ‘छेलो’ ले लागेर २ घाइते, हेलिकप्टरबाट उद्धार

धवलागिरी गाउँपालिका– ७ स्थित ताकमकोतमा बिहीबार ‘छेलो’ ले लागेर दुई जना दर्शक घाइते भएका छन् । महानवमी पर्वको अवसरमा आयोजना गरिने परम्परागत ‘छेलो हान्ने’ प्रतियोगिता हेर्न गएका धवलागिरी– ७, हिलापोखरीका १५ वर्षीय सविन परियार र रघुगंगा गाउँपालिका– २ का २६ वर्षीय सुरेश परियार घाइते भएका हुन् । धवलागि...बाँकी

दसैंमा २० परिवारको सामूहिक भोज : हुनेखाने–हुँदाखानेबीच भिन्नता अन्त्यको प्रयास !

दसैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका– १, जलुकेनी, अर्खलापाटाका २० परिवारले एकै ठाउँमा खसी काटेर सामूहिक दसैंभोज गरेका छन् । ‘सबैको घरमा खसी काटेर दसैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेका बीचको दसैं फरक हुने भएकाले यसको अन्त्यका लागि सामूहि...बाँकी