newskoseli.Com

सडकमा पैसा फाल्ने नन्द–भाउजू पक्राउ : परीक्षणमा देखियाे कोरोना पोजेटिभ

धनुषाको सडकमा शुक्रबार दिउँसो फटाफट दस रुपैयाँका नोट फालेर भागेका दुई महिलालाई शनिबार प्रहरीले पक्रेको छ । पक्राउपछि उनीहरुमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणबाट नन्द–भाउजू नाताका ती दुवै महिलामा कोरोना पोजेटिभ देखिएको छ । जनकपुर अस्पतालका निमित्त मेसु डा. जामुनप्रसाद सिंहका अन...बाँकी

६५ वर्षीया छैटौं संक्रमित पनि कोरोनामुक्त : निको भएकाको संख्या ३ पुग्यो

नेपालमा छैटौं कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि कोरोनाभाइरस मुक्त भएकी छन् । बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा ‘नेगेटिभ’ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो...बाँकी

कोरोना संक्रमित ३० पुगे नेपालमा : एकै दिन १४ जनामा पुष्टि

नेपालमा शुक्रबार एकै दिन थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो तथ्यांकसहित अब देशभित्र कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ अफिसियल फेसबुक पेजमा नयाँ संक्रमितहरूबारे पुष्टि गरेको हो । ‘हालको अध्यावधिक विवरणअनुसार कोभ...बाँकी

कोरोना अस्पतालले पायाे ०६२/६३ को जनआन्दोलनको रकम

जनान्दोलन २०६२/०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुध...बाँकी

वडाध्यक्षको भाँचियो हात : ‘जनप्रतिनिधि’ बीच लकडाउनमै कुटाकुट !

कोरोनाभाइरस संक्रमणको त्रासदीका कारण मुलुकमा झन्डै महिना दिनदेखि लकडाउन चलिरहेका बेला स्याङ्जाका ‘जनप्रतिनिधि’ बीच भने कुटाकुट चलेको छ । दुई ‘जनप्रतिनिधि’ बीचको झडपमा वडा अध्यक्ष गैरेको हात समेत भाँचिएको बताइएको छ । वालिङ– १३, बयाँटारीस्थित जंगल रेस्टुरेन्टमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपक...बाँकी

कोरोनासँगै मौसमी प्रतिकूलता : हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले बिहीबार बिहानै काठमाडौं उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्था...बाँकी

कैदीबन्दीले आफ्नो छाक काटेर मजदुरका परिवारलाई बाँडे ८ क्विन्टल चामल

कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित ज्यालादारी मजदुरी गरी खाने परिवारलाई मङ्गलबार कञ्चनपुर कारागारका कैदीबन्दीहरुले आफ्नो दुई छाकको खाना जोगाएर ८ क्विन्टल चामल उपलब्ध गराएका छन् । कैदीबन्दीहरुले ६ क्विन्टल चामल र १ बोरा नुन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत ज्यालादार म...बाँकी

तब्लिगी जमातबाट फर्किएका थप २ जनामा कोरोना : आरडीटी परीक्षणको नतिजा

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोनाभाइरस परीक्षण गर्दा भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीमा पोजेटिभ नतिजा आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन...बाँकी

लकडाउन फेरि लम्बियाे : वैशाख १५ सम्म सबै नागरिक घरभित्रै

११ चैतदेखि सुरु भएको लकडाउन वैशाख १५ समम निरन्तर कायम रहने भएको छ । कोरोनाभाइरस रोथाम तथा नियन्त्रणका लागि जारी लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय सरकारले गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय गरेको हो । कोरोना र...बाँकी

श्रीमतीले खुकुरी हान्दा श्रीमान् ठहरै !

श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङकी एक महिला पक्राउ परेकी छन् । बाह्रपोखरी गाउँपालिका– १, खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । सोमबार मेनुकाले खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी...बाँकी