१९ चैत्र, २०७६ |
बलराम तिमल्सिना ‘विप्लव’
खोलापारि देश हाम्रो, खोलावारि हामी !
बाटो छैन, खटन छैन– हामी कहाँ जाने ?
विपत्तिमा देशको माटो टेक्न पाए हुन्थ्यो
जहान–परिवारको मुख देख्न पाए हुन्थ्यो
बीचमा छ काली नदी, देश हाम्रो पारि
देश हेर्दै रुँदै हामी बसेका छौं वारि !
खोलापारि देश हाम्रो...
पौडी जाऊँ पारि भने बगिजाइन्छ कि ?
तरिजाऊँ ...बाँकी
१८ चैत्र, २०७६ |
केवल बिनाबी
रछ्यानको पानीलाई कुलेसो बनाएर
पानीघट्ट खेल्दै गर्दा
कति भाइरससँग खेलियो– पत्तै भएन ।
भैंसीगोठालो जाँदा
भैसीसँगै आहलमा डुब्दैगर्दा
कति ब्याक्टेरिया निलियो– थाहै भएन ।
मलको डोकामा मलसँगै
आमाले बोक्दैगर्दा
यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे
कुनै लेखाजोखा छैन ।
बा–आमाले र...बाँकी
२१ फाल्गुन, २०७६ |
कृष्ण सेन ‘इच्छुक’
म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ ।
जहाँ जीवन बन्धनहरूभित्र कैद ह...बाँकी
२१ फाल्गुन, २०७६ |
डा. डीबी सुनुवार
संसारको सातौं आश्चर्य घुम्ने क्रममा यसपालि जोर्डनको पेट्रा परेको छ । धेरै व्यस्त कार्यतालिका भए पनि यात्राका लागि दस दिनको समय छुट्याइयो ।
बिहानको पारिलो घाम छिप्पिँदै गर्दा दस बजे अनिता र म विमानस्थल पुग्यौं । दोहा र अम्मानमा अरु साथीहरूसँग भेट्ने योजना छ । साँझ सात बजे अम्मानमा पुग्यौं । हाम्रो...बाँकी
८ मंसिर, २०७६ |
खेम थपलिया
टिप्पन भनेको टिपोट हो । कुनै पनि कृति, विषय वा घटनाको अध्ययन गरिसकेपछि त्यसका सवल, दुर्बल वा त्यसबारे आफूलाई लागेको कुराको टिपोट नै टिप्पन हो । यसलाई कुनै पनि कृतिको चिन्हा, अस्तित्वशील अवस्था वा त्यसको जन्मचिनारीका रूपमा पनि लिन सकिन्छ । यसलाई टिप्पणीको सङ्क्षिप्त रूप पनि भन्न सकिन्छ । खासगरी टिप्प...बाँकी
१९ आश्विन, २०७६ |
दीपक आचार्य
एक पटक मलाई दसैं मनाउन मन छ
हो, एक पटक मलाई दसैं मनाउन मन छ
वर्षभरिको काम र थकाई बिर्सिएर
खुशीयालीको दसैं मनाउने मन छ
बारीभरि पहेंलै मकै भाँच्दै गर्दा
‘दसैंअगाडि नै तोरी छरिसक्नुपर्छ’ भन्ने
मकैका सर्याङ–सर्याङ आवाजसँगै मिश्रित
बुबाको आवाज सुन्न मन छ
हो, मलाई तोरी छरिसकेको दसैं मनाउन मन छ !...बाँकी
६ आश्विन, २०७६ |
दीपक खनाल
भन्नेहरूले जेसुकै भनून्
ठान्नेहरूले जस्तोसुकै ठानून्
देख्नेहरूले जे देख्छन् देखून्
बुझ्नेहरूले जसरी बुझ्छन् बुझून्
म ....? म नै हुँ !
जर्साबको दरबारमा पालिएको
चेइचेइ गर्नासाथ पुच्छर हल्लाउँदै
जर्साबकै खुट्टा चाट्ने पाल्तु कुकुर होइन म
आफ्नी आस्थालाई बध गरेर
क्रय–विक्रय गर्ने ‘कसाही’ होइन म,...बाँकी
२५ श्रावण, २०७६ |
शेषकान्त गौतम
कमरेडहरू,
हिजो राति, त्यस्तै ११ बजेको हुँदो हो । सुत्ने तरखर गर्दैथें, फेसबुक फ्रेन्ड एउटी युवतीको स्टाटस आयो– ‘मलाई निद्रा लागिरहेको छैन... ।’
उनको स्टाटसमा मैले ‘लभ–रियाक्ट’ गरें र एउटा छोटो कमेन्ट पनि लेखिदिएँ– ‘पहिले सुत न... ! अनि पो निद्रा लाग्छ प्रिये !’
त्यसपछि म पनि सुतें ।
रात...बाँकी
२३ श्रावण, २०७६ |
प्रवेश दाहाल
ए दलाल सम्राट
तिमीसँग
लाखौं बन्दुक छन्
सेना–प्रहरीको ठूलो तागत छ
अड्डा–अदालत, संविधान–कानुन
सिङ्गो राज्यसत्ता तिम्रै हातमा छ
हजारौं भिजिलान्तेको जत्था छ
‘विदेशी प्रभु’ को आशिर्वाद छ
हो सम्राट !
यो तिम्रो समय हो
तिमीलाई जे–जे मन लाग्छ– गर ।
सम्राट
तिमी बलवान् छौ
सर्वशक्तिमान ...बाँकी
१ असार, २०७६ |
मनऋषि धिताल
म सबेरै उठ्छु
किनकि मलाई
प्रिय घाम नउदाउँदै
उनको स्वागत गर्नु छ
म सबेरै उठ्छु
किनकि मलाई
मायालू तारा नअस्ताउँदै
उनीहरुको बिदाइ गर्नु छ ।
म सखारै उठ्छु
किनकि मलाई माया गर्नेहरु
मेरो पर्खाइमा छन्
म बिहानीपख
सबेरै उठ्छु किनकि
मैले श्रद्धा गर्ने मनवीर दाइका लागि
अञ्जु...बाँकी