newskoseli.Com

‘बहस’ : अर्जुन पराजुलीको बेजोड कविता !

शीतलनिवासको धाराले दिएकै छ बालुवाटारको धाराले दिएकै छ नारायणहिटीको धाराले दिएकै छ बूढानीलकण्ठको धाराले दिएकै छ । गतिछाडाको धाराले दिएकै छ बयलगाडाको धाराले दिएकै छ गुडगुडे हुक्काको धाराले दिएकै छ उखान–टुक्काको धाराले दिएकै छ । संसद् विघटनको अधिकार नदिएको त्यही एउटा संविधानको धाराले त हो ...बाँकी

‘साथी म बन्दी छु’ : [ जेलभित्रैबाट माइला लामाको सशक्त सिर्जना ]

फलामे ढोका पर्खालभित्र, साथी म बन्दी छु न्यायको गीत गाउँदै हिँड्दा, साथी म बन्दी छु । विदेश होइन युवाको पौरख, देशभित्रै पोख्न देऊ प्यारीको साथमा पसिना धारा, माटोमा रोप्न देऊ दिदी र बहिनी पराइको देशमा, बेचिन नदेऊ भनेर युवा आवाज गाउँदा, साथी म बन्दी छु । ढुकुटीमाथि लामो हात गरे, देश भो बर्बा...बाँकी

भेडाल्याण्ड

शिक्षा र भिक्षाले बिग्रेको एउटा गाउँ छ गाउँको नाउँ हो– भेडो गाउँ । गाउँभित्र तपाईं र म मात्रै होइनौं अरु थुप्रै अग्रज भेडाहरु पनि छन् तिनै अग्रजको अग्रगतिले गाउँ बिग्रेको तर, भेडो के–कतिले बिग्रेको, थाहा छैन आफूले त अहिलेसम्म बिग्रिने मौका नै पा’छैन । मौकामा चौका हान्दछौं मुखले गाली गर्दै ...बाँकी

पूर्खाका पदचापहरु

उरालेर नसामा विस्तारवादी छालहरु ताकेर मेरो कालीको शिर तिमी आइपुगेछौ ठीक मेरो आँगनमा । विश्व बन्दाबन्दीको कोरोना कहरमा तड्पिरहेका बेला जब चोइट्यायौ हाम्रो अस्तित्व जब टुकर्यायौ हाम्रो अस्मिता जब धुज्यायौ हाम्रो मानचित्र जब गुडायौ अभिमानको कारगेड तब नै उम्लेको हो यो गोर्खाली रगत र, लम्...बाँकी

व्यंग्य–कविताः नेता

चुनावअघि जनताको खोजी खोजी मात्र होइन, भरिदिन्छन् गोजी जुर्मुराउँदा भाषण, मिठो आश्वासन त्यति मात्र होइन बाँडिदिन्छन रासन चुनावपछि कुर्सीको तानातान कुर्सीकै लागि मुक्का हानाहान जनता नेता कुर्छ, नेता जनता चिन्दैन सिंहदरबार–क्वार्टरबाहेक अन्त कतै हिँड्दैन प्रतिपक्ष भए ढुङ्गामुढा हान्ने चक्क...बाँकी

कथाः दुर्गा ‘होलटाइमर’ भइन्

काँठकी महिला । अझ त्यसमा पनि बुहारी भएपछि त कामको बोझ झनै बढ्ने नै भयो । अझ उनका त अरू दुईवटा परिचय थपिएका थिए– एउटा, समाजले थपिदिएको थियो– ‘दलित’ र अर्को, राज्यले थपिदिएको थियो– ‘आतङ्ककारीकी श्रीमती’ । राज्य र समाजले केवल परिचय मात्र थपिदिएका थिएनन्, परिचयसँगै थपिदिएका थिए दुःख पनि । बिहान सबेरै...बाँकी

लाल पानी–ट्याङ्की

संसद् भवन नाटक भवन हो यहाँ कहिले रामलीला चल्छ यहाँ कहिले रासलीला चल्छ रामलीला र रासलीलाको फ्युजन यहाँ सधैं लक्ष्मी–लीला चल्छ । जब यहाँ रामलीला चल्छ सांसदहरू सेल्फ–अपहरणमा पर्छन् जब यहाँ रासलीला चल्छ सांसदहरू जुहारी खेल्छन् जब यहाँ लक्ष्मी–लीला चल्छ सांसदहरू मध्यरातमा मौनब्रत बस्छन् जस...बाँकी

उखान-अन्तर्वार्ता : भेडा, भेडातिरै; बाेका, बाेकातिरै !

पत्रकार : फुटाउने प्रस्ताव किन ल्याउनुभएकाे ? उहाँ : एउटै भाँडाेमा दुईटा बाेकाले कुँडाे खान गाह्रो हुन रहेछ, भाँडाे थपाैँ मात्रै भनेकाे ! पत्रकार : अनि उहाँहरू त सुप्रिमाे निवासमा मिटिङ गर्न गइसक्नुभाे त ! उहाँ : पाेइले कुटेकी स्वास्नी माइत जाँदिन त ? के कुरा गर्नुहुन्छ ! पत्रकार :...बाँकी

मलाई त प्यारो छ यो जिन्दगी नै

अहो ! हाँसी–खेली सधैं नै रमाएँ पखेरा र पाखा सबै देख्न पाएँ भएँ ‘स्वर्ग’ मै लौ उडेको चरा झैं मलाई त प्यारो छ यो जिन्दगी नै । नटुट्ने भरोसा र विश्वास सारा रहन्छन् दिलैमा सधैं नै प्यारा मुमा मुस्कुराइन् अहो ! प्यार गर्दै मलाई त प्यारो छ यो जिन्दगी नै । हँसाएर सारा अझै बाँच्न पाऊँ भुली दर्द...बाँकी

आफू बाँचौं, विश्व बचाऊँ !

लड्दैथ्यो कलिलो मुटु पनि कठै आमा थिइन् बेडमा भन्छन् बालक दर्दले अझ कठै बाँचिन्न रे नि मुमा ! बोल्दैनौ ‘भगवान्’ हे भन तिमी यस्तो यहाँ के भयो कस्तो दण्ड दियौ छ बालक पनि खै दोष के नै थियो ? सारा वृद्ध बुबा–मुमा पनि अहो मार्दैछ यो रोगले प्यारा ती चिचिला भुरा त टुहुरा पार्दैछ यो रोगले आगो बल्दछ द...बाँकी