नेपाल राष्ट्रबैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भएका बेला राष्ट्रबैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।
राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी...बाँकी
नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन् । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ ।
भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ । कालापानी भनिने तिल...बाँकी
अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले पनि कैदी पत्नीसँग भेट्न र सहवास गर्न पाउनेछन् ।
कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । गर्भवती महिला कैदीले ६० दिन सुत्केरी बिदा स...बाँकी
हाउजिङ निर्माण गरिदिन्छु भन्दै सर्वसाधारणको ठूलो रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका छन् । सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई पक्राउ गरेको हो । उनी टेकुस्थित काठमाडौं प्रहरीको हिरासत छन् ।
बिहीबा...बाँकी
बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले भेटेका छन् । संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालतको आदेशमा डिल्लीबजार कारागार चलान गरिएका महरालाई भेट्न ...बाँकी
भारतले गत शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ । ५७ वर्षअघि लिपुलेक र कालापानीलाई आफ्नो भनी अतिक्रमण गरेको भारतले सो भूमिलाई आफ्नो नक्सामै समेटेर ‘औपचारिकता’ दिएको छ ।
नेपाल र भारतबीच हुने सीमा बैठकमा अपराध र सीमा सुरक्षाको विषय...बाँकी
अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षातसँगै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्– ‘यसले ...बाँकी
८ सय ७८ पृष्ठ प्रहरीको अनुसन्धान र ३९ पृष्ठ जिल्ला सरकारी वकिलको कार्यालयको अभियोजनपत्रसहित दायर भएको प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमका तीनवटा मुद्दामाथिको बुधबारको बयानमा ३४ प्रश्न सोधिए । जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालले इजलासमा पेस गरिएका प्रतिनिधिसभाका आलमलाई बुधबार कर्तव...बाँकी
दिल्लीको धुलोले नेपाल–भारत सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेका छन् । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको तराई क्षेत्रसम्म आइपुगेको देखाएको हो ।
नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौंमा भने नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ ।...बाँकी
खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदासिन रहेको देखाएको छ । सो विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केवल दुई विद्यार्थीले मात्र ‘हामी पर्...बाँकी