newskoseli.Com

सेनाको नयाँ विमान शनिबार काठमाडौं आइपुग्दै

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौं आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार विमान इन्डोनेसियाको वेस्टजाभ...बाँकी

अदालतमा महराको बयान : ‘मलाई फसाउने षड्यन्त्र भयो’

बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘राजनीतिक रूपमा फसाउन आफूविरुद्ध षड्यन्त्र रचिएको’ दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले बन्द इजलासमा शुक्रबार आफूले सभामुख पद र ओहोदाको मर्यादा राखेको बयान दिएका हुन् । पाँ...बाँकी

‘आर्थिक संकट’ मा संयुक्त राष्ट्रसंघ : अमेरिकाले तिरेन शुल्क, कर्मचारीलाई तलब खुवाउनै समस्या !

संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभा–सम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । राष्ट्रसंघले हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित महासचिव एन्टोनियो गुटेरसले पत्राचार गरेका छन् । राष्ट्रसंघ...बाँकी

मुग्लिन–पोखरा सडक अब ४ लेनमा : एडीबीले साढे २१ अर्ब ऋण दिने

एसियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीको मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्...बाँकी

तत्कालीन आईजीपी र डीआईजीले भने : ‘विस्फोट भएको थियो’, तर आलम भन्छन् : ‘केही भएकै थिएन’

२७ चैत, २०७४ मा रौतहटमा बम विस्फोट भएको घटना तत्कालीन आईजीपी ओमविक्रम राणा, तत्कालीन मध्य क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले स्वीकार गरेका छन् । रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा उनीहरुले त्यो समयमा...बाँकी

‘जन्माउन नचाहेकी छोरी ईशा’, उनैले बढाइन् परिवारको इज्जत !

गायक सन्तोष परियारको स्वर र संगीतमा रहेको ‘महलकी राजकुमारी’ गीतमा मोडल छिन् ईशा परियार । ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा फिमेल मोडलबाट उनी सोही गीतमा उत्कृष्ट (टप टेन) मा परेकी छन् । सानैदेखि नाच्न–गाउन मन पराउने ईशा स्कुलका विभिन्न कार्यक्रममा भाग लिँदा सधैं पहिलो–दोस्रो हुन्थिन् । कहिलेकहीं त...बाँकी

मन्त्री र सांसदहरुलाई ‘पर्व भत्ता दिने’ मन्त्रिपरिषदको ‘गोप्य’ निर्णय

संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले भने मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत थप एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषदबाट निर्णय नै गरेर राज्यलाई करोडौं भार पर्ने गरी पहिलो पटक यस्तो निर्णय गरेको हो । भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि...बाँकी

महँगो ब्याजकाे लोभमा जनतामाथि ३० लाख ऋण, सबै कुम्ल्याएर कर्मचारी फरार !

गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ । आधारभूत आवश्यकता पूरा गर्न समेत उनीहरूले साहुमहाजनसँग ऋण लिनैपर्ने बाध्यता छ । तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिव ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन् । जनकपुर–ढ...बाँकी

‘कि मिर्गौला प्रत्यारोपण नत्र नियमित डाइलाइसिस’ : प्रधानमन्त्रीका स्वास्थ्य विकल्प

राजधानीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको डाइलाइसिस गरिएको छ । स्रोतका अनुसार सिंगापुरमा गरिएको प्रधानमन्त्रीको प्लाज्माफेरेसिसपश्चात पहिलो पटक डाइलाइसिस गरिएको हो । नियमित परीक्षणका लागि भन्दै बुधबार बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिनिन र पिसाबमा प्र...बाँकी

बंगलादेशका राष्ट्रपति आउँदै : कनेक्टिभिटी, ऊर्जा सहकार्य र सार्कबारे छलफल हुने

बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुईदिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्रका अधिकारीले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ मा नेपालको भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र ऊर्जा सहकार्यमा...बाँकी