काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटै नै चिसो बढेको हो । वायुमण्डलको प्रभावका कारण चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘...बाँकी
मोरङमा सात महिनाअघि बैंकिङ लोनको प्रलोभन देखाएर भएको बलात्कारको घटनाबाट पीडित युवती बकपत्र दिन आउँदा बेहोस भएर आइतबार अदालतमै ढलिन् । ‘पैसामा मिल्न’ पीडक पक्षले दिएको अत्यधिक दबाबका कारण पीडासँगै मानसिक तनाव समेत झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन् ।
कोसी अस्पतालमा उनको अहिले उपचार ...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिकाका चार ठाउँमा बम विस्फोट गराएको छ । साविक बुढाखानीका साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा नेकपाले सिलिन्डर बम विस्फोट गराएको हो ।
स्थानीयवासीका अनुसार ‘त्रसित नहुन’ आग्रह गर्द...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका प्रचण्डसँग नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।
शनिबार मध्याह्नदेखि आइतबार बिहानसम...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टी लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ । हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ ।
पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती ...बाँकी
सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा–सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’ लाई उजागर गरेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिकको व्यवस्था नगरिएको प्रावधानलाई टेकेर नै सर्वोच्चले शुक्रबार स्थानीय तहका ‘जनप्रतिनिधि’ लाई मासिक पारिश्रमिक दिने सम्बन्धम...बाँकी
ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो । केही वर्षयता मूल्य भने स्थिर रह्यो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा–ब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन् ।
राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर का...बाँकी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभाग तथा जनवर्गीय संगठनहरुले लामो समयदेखि पूर्णता नपाउँदा ती लथालिंग बनेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ, २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला ‘कम्युनिस्ट’ पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताका काम पूर्ण रूपमा टुंगो नला...बाँकी
विवाह–कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट भने चलन अझै हटिसकेको छैन ।
तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले भने विवाह–कर्मअन्तर्गत दाइजोमा भालु र स...बाँकी
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ‘यौन दुर्व्यवहार’ गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू ‘नेकपाको सदस्य नभएको’ भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । सभामुखको निर्वाचनसँगै पार्टीको साधारण सदस्यता समेत त्याग गरेको बताउँदै आफू नेकपामै नभएकाले सो पार्टीको ‘सुझाव’...बाँकी