newskoseli.Com

चिनियाँ राष्ट्रपति आउँदै गर्दा रातारात ‘चमत्कार’ : सडकसहित पूरै काठमाडौं सिंगारिँदै, ४ दिनमै भव्य फूलबारी !

चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमण निश्चित भएसँगै काठमाडौं सहर रातारात सिंगारिन थालेको छ । आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले काम गर्न भ्याइ–नभ्याइ छ । नगरपालिकाले बटो सफा गर्न सुरु गरिसकेको छ । तार व्यवस्थापन गर्न सरकारले नेपाल टेलिकमलाई निर्देशन दिएको छ । विद्यु...बाँकी

चिनियाँ राष्ट्रपतिको विमान पार्किङ गर्नै चुनौती : ‘पुसब्याक’ गर्ने उपकरण नै नेपालमा छैन !

चिनियाँ राष्ट्रपति सी जिनफिङ अर्को साता नेपाल आउँदैछन् । उनी एयर चाइनाको जेट विमान बोइङ ७४७ बाट काठमाडौं आउनेछन् । उक्त विमान एक रात काठमाडौंमा नै पार्किङ गरिने भएको छ । राष्ट्रपति सीको विमान काठमाडौंमा पार्किङ नेपालका लागि चुनौतीपूर्ण बन्ने भएको छ । अहिले अन्य विदेशी जहाज राखेजस्तो सीको विमान त्...बाँकी

सभामुख पद नेकपाले नछाड्ने : यस्तो छ अभ्यास र रस्साकस्सी…

सत्ताधारी नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुख आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । ‘सभामुख पद छाडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्– ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दि...बाँकी

विप्लव र बाबुराम नेकपाकै गाडीमा सररर्र : ‘११ नेताका गाडी नेकपाको सम्पत्ति’

गाडी भने अरु नै पार्टीका नेताहरुले चढिरहेका छन् तर सत्तारुढ नेकपाले चाहिँ ती सबै गाडीलाई आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । ‘प्रतिबन्धित’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत अरू नै पार्टीका ११ नेता...बाँकी

खुलामञ्चको खुल्लमखुला अतिक्रमण : भूमाफिया र प्रशासनको यस्तो साँठगाँठ…

काठमाडौंको मुटुमा रहेको खुलामञ्च विभिन्न बहानामा पटक–पटक अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुलामञ्चमा अतिक्रमण बढ्दै गएको हो । खुल्लामञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्त...बाँकी

डाइरेक्टरको खाजाखर्च महिनाको ५ लाख : वीर अस्पतालकाे बेहाल !

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन् । २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले ४ लाख ६९ हजार ३ सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ । बिलको सदर सेञ्चुरी स्वयंले गरेका हुन् । अस्पताल प्रशासनले तयार ...बाँकी

एकल पुरुषलाई पनि एकल महिलासरह नै भत्ता !

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । सो गाउँपालिकाले पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्याएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्ने सूचना जारी गरिसकेको छ । एकल पुरुष–महिला दुवैलाई दर्ताका लागि सूचना गरिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन ...बाँकी

‘उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउनू’ : मन्त्रालयको निर्देशन

जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले दिएको सुझावका आधारमा सो निर्देशन पालना गराउन मन्त्रालयले मंगलबार ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो । समितिमार्फ...बाँकी

स्थानीय ‘जनप्रतिनिधि’ मा क्षमताको अभाव : खस्कँदै सेवा प्रवाह

क्षमताको अभावका कारण स्थानीय तहमा विकास निर्माण तथा समग्र सेवा प्रवाह खस्कँदै गएको पाइएको छ । ‘स्थानीय सरकार’ को प्रभावकारिताका लागि ‘जनप्रतिनिधि’ र कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुन नसक्दा समग्र कार्यसम्पादनमा असर परेको गुनासो स्थानीय तहले व्यक्त गरेका हुन् । केन्द्रीय सरकारले...बाँकी

१० लाख मान्छे बाहिरिए, ६ लाख भित्रिए : दसैंको प्रभाव

दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । दसैंमा २५ लाख बाहिरिने अनुमान सरकारले गरेको छ । एक साताको अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् । एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले बताए । २४ घन्टा...बाँकी