newskoseli.Com

‘जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट ?’ आफ्नैसँग देउवाको आक्रोश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कालाई ‘गुटगत राजनीति गरेको’ आरोप लगाउन छाडेका छैनन् । प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ । केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मक...बाँकी

चन्द समूहले यसरी गर्‍यो ‘क्लिन स्विप’ !

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले ‘क्लिन स्विप’ गरेको छ । पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै क्यानको अध्यक्षमा निर्वाचित भए चन्द । निर्वतमान अध्यक्ष चन्दले शनिबार भएको निर्वाचनमा खसेको कूल ५९ मतमा ४४ मत प्राप्त गरेका छन् । पूर्वअध्यक्ष पाण्डेले भने ...बाँकी

अब प्रविधि नै ‘हतियार’ : बदलिँदो अपराधशैली…

बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेकिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्ट्रेलियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्ट्रेलियन डलर पठाए । अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो । त्यसपछि सिस्टम ह्याक गरेर...बाँकी

चुनाव चिह्न पाए २१ दलले, तात्यो उपचुनावको माहोल (कुन–कुन नयाँ दल दर्ता ?)

उपनिर्वाचनका लागि २१ दलले चुनाव चिह्न पाएसँगै चुनावी माहोल तातिएको छ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दर्ता भएका दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो । संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो । नयाँ द...बाँकी

‘दसैंखर्च जुटाउन’ धमाधम बालुवा निकाल्दै !

दसैंपर्व नजिकिँदै गर्दा पर्वखर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको संख्या निकै बढेको छ  । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ  । पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौं मजदुर टाढा–टाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खुल...बाँकी

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा अड्कियो एकता : समझदारी पालनामा ओलीको ‘आनाकानी’

सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन । ओली र दा...बाँकी

‘गयल’ सांसदहरुको पद जोगाइदिँदै सभामुख !

संसदको वर्खे अधिवेशन अवधिमा १५ जना सांसद लगातार दस दिनभन्दा बढी अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा संघीय संसदको कुनै पनि सदस्य सदनलाई सूचना नदिई लगातार दस वटा बैठकमा अनुपस्थित रहेमा निजको संसद् सदस्यताता खारेज भई पद रिक्त हुने उल्लेख छ । तर, विनासूचना लामो समय अनुपस्थित हुने सा...बाँकी

जामकै कारण बाटैमा गयो बिरामीको ज्यान : कहिलेसम्म भोग्नुपर्ने ज्यानमारा सडकको कहर ?

चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडक खण्डमा घन्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् । नागढुंगा–नौबिसे सडक खण्ड...बाँकी

‘ती महिलालाई मैले यसरी नराम्राेसँग ढाँटिदिएँ’ : प्रधानमन्त्री ओलीकै बयान…

‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो । को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’  डा.  जंग चौहानले विगत सम्झिए । ‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्’– दर्शक दीर्घाबाट पररर्र ताली बज्यो । प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित ‘छायाँको लस्कर’ पु...बाँकी

‘भारत–चीन कतै नेपाल नढल्कियोस्’ : अमेरिकी ‘सुझाव’

आफूहरुले नेपाल कुनै पनि मुलुकको पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको अमेरिकाले स्पष्ट पारेको छ । कसैको पक्ष–विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीले भने– ‘योभन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’ बेरीले शुक्रबार राजधानीमा कूटनी...बाँकी