प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उदघाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
प्रधानमन्त्री ओली स्वयं हरिहरभवनबाट विद्युतीय बस चढेर कात्तिक ७ मा सिंहदरबारसम्म गएका थिए । गुणस्तरहीन ती बस...बाँकी
आठ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तयारी गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर मन्त्री पोखरेलले ती कलेजलाई सम्बन्धन दिने तयारी गरेका हुन् । आयोगले पूर्णता पाएपछ...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) बीच बृहत् अन्तर्क्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ मा राजधानीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप...बाँकी
संविधान दिवसको अवसर पारेर सरकारले घोषणा गरेका पदकहरू विवादरहित बन्न सकेनन् । ‘राष्ट्रिय जीवनमा ख्याति कमाए’ का व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः खासै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयो ।
कार्यकर्ता टिकाउन, बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै समाज र सामाजिक सञ्जालमा व्यापक टीक...बाँकी
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका अधिकांश ‘प्रतिबद्धता’ र ‘घोषणा’ कागजमै मात्र सीमित भएका छन् । उपप्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका स्वास्थ्यमन्त्री यादवले आफ्नै निर्णय कार्यान्वयनमा लैजान बेवास्ता गर्दा यो स्थिति आएको हो ।
१८ जेठ, २०७५ मा ...बाँकी
बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्त्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको समेत आफ्ना सांसदहरुसँग प्रधानमन्त्रीको गुनासो छ ।
प्रतिपक्षी कांग्रेसलगायत ‘पुनरुत्थानवादी...बाँकी
सरकारले करिव डेढ सयभन्दा बढीको मानपदवी (तक्मा) रद्द गर्न लागेको छ । ज–जसलाई तक्मा प्रदान गरिएको हो, विभूषित व्यक्ति नै सम्पर्कमा नआएपछि सरकरले उनीहरुको तक्मा रद्द गर्न लागेको हो ।
पछिल्ला ९ वर्षको अवधिमा १ सय ४२ पदक (तक्मा) गृह मन्त्रालयमै थन्किएका छन् । ‘विभूषण सिफरिस कार्यविधि एवं प्रदानसम्बन्ध...बाँकी
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगमा सरकारी जग्गा अतिक्रमण सबैभन्दा बढी काठमाडौं उपत्यकामा भएको उजुरी परेको छ । आयोगले जग्गा अतिक्रमणसम्बन्धी उजुरी आह्वान गरेपछि यस्तो उजुरी परेको हो ।
जनकपुर, नवलपरासी, काभ्रेपलाञ्चोक लगायतका जिल्लाका पनि छन् । तर सबैभन्दा बढी...बाँकी
संविधान दिवसको अवसर पारेर राष्ट्रपतिमार्फत सरकारले वितरण गर्ने विभिन्न मानपदवी तथा विभूषणमा पनि विगतकालमा राजतन्त्रले आफ्ना भक्तजन र हनुमानहरूलाई गर्ने गरेकै शैलीको गन्ध आएको छ । यसपालि पनि शक्ति र सत्ता वरिपरि हुने मात्रै विभूषित भएको देखिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार घोषणा गरिएका मा...बाँकी
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी) सहित ३ हजार ५ सय ९६ दरबन्दी थप्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ (ओएनएम...बाँकी