त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले सातबुँदे माग अघि सार्दै सरकारबाट त्यसको सम्बोधन नभए पुनः ‘सत्याग्रह’ मा बस्ने चेतावनी दिएका छन् । प्रा.डा. केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको संशोधनलगायतका मागहरू पूरा नभए सत्याग्रहमा बस्नुको विकल्प नरहने बताएका हुन् ।...बाँकी
सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि पछिल्लो समय रणनीति बदल्न लागिपरेको छ ।
विप्लव नेतृत्वको नेकपाका ८ सयभन्दा बढी नेता–कार्यकर्ता हालसम्म पक्राउ परिसकेका छन् भने सय...बाँकी
अमलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को किनारै–किनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पुल्चोकको विज्ञ टो...बाँकी
अघिल्लो आर्थिक वर्ष २०७५–७६ भर करिव २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकामा यस वर्षको असारसम्म यस्तो संख्या ४ करोड १३ लाख ९३ हजार पुगेको छ ।
यस बीचमा नेपाल टेलिकमको ...बाँकी
असोज ३ गते बिहीबार तीन वटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ । संविधान दिवसका दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न–गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ ।
स...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र आफ्नो एकल कार्यकारी नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामै पुगेर भाषण गर्दै नेतृत्वका लागि आफूलाई विश्वास गर्न उनले कार्यकर्ता समक्ष समेत आग्रह गरेक...बाँकी
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसदको राज्य व्यवस्था समितिमा चर्केको विवादले अझै निकास पाइसकेको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशी ‘ज्वाइँ’ ले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग चर्काइरहेपछि पारित गर्ने अन्तिम तयारीमा ...बाँकी
सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो ट्रिपर चलाउन रोक लगाइएको छ । तर पनि ट्रिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन । ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार अहिले रिङ...बाँकी
फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।
थापाले केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा बस्नेतलाई आफूले नचिनेको दाबी गरेका छन् । केन्द्री...बाँकी
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो– ३ असोज । जनताबाट चुनिएका प्रतिनिधि (संविधानसभा) बाट यो संविधान ३ असोज, २०७२ मा घोषणा गरिएको थियो ।
हरेक वर्ष सो दिनलाई ‘संविधान दिवस’ का रूपमा निकै ‘हर्षोल्लास’ का साथ मनाइँदै आएको छ । यस वर्ष पनि ३ असोजमा ‘संविधान दिवस’ भव्य रुपम...बाँकी