१५ असारमा विविध कार्यक्रम गरी देशभर ‘राष्ट्रिय धान दिवस’ मनाइयो । तर, समयमै मनसुन नहुँदा यस वर्ष धान खेतीको उर्वरभूमि तराईमा रोपाइँले गति लिन सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै, रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २...बाँकी
राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिव ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रने र बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् ।
बसपार्कमा प्रयोजनअनुसार काम नभएको यातायात ...बाँकी
सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड, २०१९ (आइफा) गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र ...बाँकी
सत्तारुढ नेकपाले ‘जनताको जनवाद’ लाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन् ।
पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो । ‘जनताको जनवाद’ वा ‘जनता...बाँकी
गत असार १ मा रुपन्देहीको तिलोत्तमामा रहेको गौशालामा राता–पहेंला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे ।
करिव एक सयको संख्यामा रहेका ती ‘कामदार’ ले गौशाला परिसरको झाडी फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिव एक घन्टा...बाँकी
अमेरिका–चीनबीच जारी ‘व्यापर–युद्ध’ कै सिलसिलामा स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट लगाइएको व्यापारिक प्रतिबन्धपछि गुगलले पनि हुवावेले प्रयोग गर्दै आइरहेको आफ्नो कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनापछिदेखि लागू हुने गरी रद्द गरिसकेको छ । यस निर्णयप...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा मात्रै करिव २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।
चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्च समेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुस नलाग्दै सकिइस...बाँकी
पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए ।
कार्यक्रम सुरु नहुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्री समेत रहेका अर्का...बाँकी
एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य भएको पाइएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्...बाँकी
नेकपाका वरिष्ठ नेता माधव नेपालले शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ नेता नेपालले लिए ...बाँकी