newskoseli.Com

असन्तुष्टको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताएका छन् । सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा बिहीबार शिलान्यास गर्दै उनले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको...बाँकी

राष्ट्रपतिद्वारा रामदेवको आयुर्वेद उद्योग उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतायुक्त मुलुक नेपालमा रहेका महत्वपूर्ण जडीबुटीको संरक्षण गर्नु आजको आवश्यकता भएको बताएकी छन् । बारा जिल्लाको प्रसौनी– ९ स्थित पतञ्जली आयुर्वेद प्रालिको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उद्योग स्थापनाका कारण नेपाल र भारतबीचको सदियौं पु...बाँकी

समृद्धिका निम्ति पर्यटन क्षेत्रको विकास : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटन क्षेत्रको विकासबिना नेपालको समृद्धि सम्भव नभएको बताएका छन् । उपराष्ट्रपति कार्यालयमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले बिहीबार आयोजना गरेको व्यवसायी अभिनन्दन र नाटोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले नेपालको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि ...बाँकी

२ महिनापछि फर्म खुल्यो, अघिल्लो रातबाटै लाइसेन्स लिनेको लाइन

बुधबार सवारीचालक अनुमतिपत्रको फाराम भर्न नसकेर फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए । तर, बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनी फेरि फर्कन...बाँकी

योग पूर्वीय सभ्यताको अभिन्न अङ्ग : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छन् । वीरगञ्जको आदर्शनगर रङ्गशालामा बिहीबारदेखि सञ्चालित योगविज्ञान शिविर– २०७३ को बिहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानवशरीर...बाँकी

प्रधानन्यायाधीश, पूर्वसभामुखदेखि निर्वाचन आयुक्तसम्मको एकै स्वर

प्रधानन्यायाधीश सुशीला कार्कीले समावेशी र समानुपातिक चरित्र बोकेका नेपालको संविधानलाई सबै राजनीतिक दल मिलेर कार्यान्वयनमा लैजानु आजको आवश्यकता रहेको बताएकी छन् । उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिले मंगलबार राजधानीमा आयोजना गरेको प्रशासनिक पुनर्संरचनाका सन्दर्भमा ‘संविधानको कार्यान्वयन र...बाँकी

सवारी रोकेर सडकको भित्तो काट्ने तयारी

नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । गत वर्ष पनि केही महिना दिउँसो ४ घन्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब ५ कि...बाँकी

प्रहरी–माओवादी भिडन्तमा ६ को मृत्यु

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तिमा ६ सशस्त्र लडाकु मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार बिहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकुहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरु...बाँकी

कि देऊ नत्र दिन्नँ भन, गरिबलाई आशा नदेखाऊ !

दूधकुण्ड नगरपालिका– १ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो । केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाइन् । त्यसयता सात जनाको शेर्पा परिवार त्यही छाप्रोमा बस्दै आएको छ । नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ...बाँकी

पत्याउनुहुन्छ ? राजधानीमै पसल कवलको मासिक भाडा जम्मा २ सय !

ललितपुरको मङ्गलबजारमा एउटा सटरको मासिक भाडा कति पर्ला रु जो–कसैले अनुमान गर्न सक्छ– ५० हजार वा त्योभन्दा बढी । तर, राजधानीकै केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश पसल कबलको भाडा मासिक २ सय रूपैयाँभन्दा कम छ भन्दा धेरैलार्इ विश्वास नलाग्न सक्छ । पाटन दरबार क्षेत्र र ...बाँकी