newskoseli.Com

प्रदुषीत खाद्यपदार्थका कारण सय भन्दा बढी बालबालिका विरामी

क्रिश्चियनहरूको संस्थाद्वारा चलाएको विद्यालयमा खानापछि खाने मिष्ठान्न खाँदा कम्बोडियामा करिव १३९ जना बालबालिका विरामी भएका छन् । ओडडर मेन्ची क्षेत्रमा पर्ने ट्रपिङ्गमा रहेको विद्यालयमा बुधबार साँझ खानापछि खाएको मिष्ठान्न प्रदुषीत भएकाले बालबालिकाहरु विरामी भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ...बाँकी

आत्मघाती बम विस्फोटमा ४ को मृत्यु

अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ८ बजे भएको यस विस्फोटनमा पर...बाँकी

बाढीको कारण ६ हजार विस्थापित

इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस बाढीको कारण करिब ६ हजार घर , १२ मस्जिद र ४ वटा विद्यालय भवन जलग्न भएको बताइएको छ । त्यसैगरी बाढीको प्रकोपमा परी १ सय हे...बाँकी

भ्रष्टाचारको आरोपमा पक्राउ रुसका मन्त्री

रुसका आर्थिक विकास मन्त्री एलेक्सि उल्युकाएभलाई २० लाख अमेरिकी डलर घूस लिएर भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । रुसमा भ्रष्टाचार वा अख्तियार दुरुपयोग गरेकोबारे छानबीन, अनुसन्धान गर्ने सरकारी निकाय रसियन इन्भेस्टिगेटिभ कमिटिका प्रवक्ता भेत्लाना पेत्रेन्कोले बताए अनुसार मन्त्री उल्युका...बाँकी

अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ

आफ्नो घर कम्पाउण्डमा ३ वटा बाघ, एउटा दुम्सी प्रजातिको पशुः स्कङ्क, एउटा बाघजस्तै ठूलो कूगर बिरालो, एउटा फ्याउरो र थुप्रै जङगली बाँदर लुकाएर पालिरहेको भेटिएपछि एउटी अमेरिकी महिलालाई अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ गरिएको छ । टेक्सास राज्यको हस्टनमा एउटा घर भाडामा लिई ३४ वर्षिया महिला ट्रिसा...बाँकी

झडपमा १२ को मृत्यु

मध्य इराकमापर्ने सिते मुसलमान समुदायको पवित्र सरह कारबाला नजिकै बम विस्फोट गराउन लागेका ६ जना आत्मघाती आक्रमणकारी इराकी सुरक्षा बलद्धारा जारी कारबाहीमा मारिएका छन् । यस क्रममा ६ सर्वसाधारण पनि मारिएका इराकी गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ । सो आक्रमण सोमबार बिहान आइन अल तामुर सहरमा भ...बाँकी

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् । वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ । सधै उक्त स्थानमा भेला भई धमाल नाच गरिने हुँदा उल्लेख्य सङ्ख्यामा स्थानीय उक्तमठमा भेला ह...बाँकी

बैंकमा प्रतिबन्धित भारतीय नोट साट्न हजारौँको भीड

भारत सरकारले भारतीय ५०० रुपैयाँ र १ हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो । नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरु घन्टौँ लाइनमा बसे । तर हजारौँ ...बाँकी

बम विस्फोटमा, ३ को मृत्यु, १३ घाइते

विमानस्थलभित्र भएको बम विस्फोटनमा परी कम्तिमा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । अमेरिकी र नेटो शिविरनजिकै अफगानिस्तानको पूर्वी क्षेत्र पर्वान प्रान्तमा पर्ने ब्यागरम अवस्थित सो विमानस्थलमा शनिबार बिहानै बिस्फोट भएको हाे । सरकारका प्रान्तीय प्रवक्ताका अनुसार सिन्ह्वालाई दिएको जानकारी...बाँकी

महावाणिज्य दूतावासमा आक्रमणमा ६ को मृत्यु ११५ घाइते

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परी ६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १ सय १५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । आत्मघाती आक्रमणकारीले...बाँकी