१३ माघ, २०७५ |
काठमाडौं, १३ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
ललितपुरस्थित सुमेरु अस्पतालमा माघ ६ देखि भाइरल ज्वरोको उपचार गराइरहेकी सीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
...बाँकी
१३ माघ, २०७५ |
सप्तरी, १३ माघ ।
शम्भुनाथ नगरपालिका– २, खैरबोना, सप्तरीकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने ६ जना आरोपितलाई जिल्ला अदालतले आइतबार कैद सजायको फैसला गरेको छ ।
कुटपिट गरी ४ महिनाको गर्भपतन गराएको आरोपमा जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छ...बाँकी
९ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले १० ट्रक गोरु आफूहरुले नियन्त्रणमा लिएको जनाएका छन् ।
सोमबार मध्यरातिदेखि कपिलवस्तुको जङ्गलमा अवैध ढंगले राखिएका १० ट्रक गोरु नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।
मध्यराति ट्रकमा गोरू लोड गर्दै गरेको देखेपछि ...बाँकी
९ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।
अध्यक्ष प्रचण्ड चिकित्सकको सल्लाह बमोजिम निवासमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई केही दिन कसैसित भेट नगर्न र सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिएको उनको स्वकीय सचिवालयले ...बाँकी
८ माघ, २०७५ |
काभ्रेपलाञ्चोक, ८ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अब शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने उदघोष गरेका छन् ।
मण्डनदेउपुर नगरपालिका– ४, चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
मन्त्री बीना मगरका सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति खानेपानी मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्री मगरका निजी सचिव गुणराज श्रेष्ठका अनुसार सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको छ ।
नेपाल सरकारले सहसचिव...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
प्रहरीले मंगलबार राजधानीमै गोली चलाएको छ । ‘शंकास्पद गतिविधि’ गरेको आरोपमा गोली चलाएर प्रहरीले गोंगबुस्थित ‘होटल नक’ बाट एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ ।
होटलमा बसिरहेका बेला उनलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन...बाँकी
८ माघ, २०७५ |
भद्रपुर (झापा), ८ माघ ।
बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन डिभिजन वन कार्यालयले साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।
विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउन र अन्नबाली खाएर क्षति पुर्याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली सुरु गरेको जा...बाँकी
८ माघ, २०७५ |
डोटी, ८ माघ ।
लामो दुरीमा सञ्चालन हुने गाडीमा आफूखुशी जोडिएका सिट जिल्ला ट्राफिक प्रहरी कार्यालयले हटाउन थालेको छ ।
डोटीबाट तराईतर्फ जाने लामो दुरीका गाडीले आफूखुशी सिट जडान गरेपछि हटाउने अभियान ट्राफिक प्रहरीले थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनि सवारी दुर्घटना बढेपछि लामो दुरीका ...बाँकी
८ माघ, २०७५ |
उर्लाबारी (मोरङ), ८ माघ ।
बेलबारी नगरपालिका– ११ मा मंगलबार बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदुरको मृत्यु भएको छ ।
सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् ।
वेल्डिङको काम गर्ने क्रममा ड्रम...बाँकी