१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी एक लाख घुस रकमसहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– १४ स्थित एनएमबी बैंकको पार्किङबाट पन्थीलाई मंगलबार नियन्त्रणमा लिइएको जानकारी अख्तियारका प्रवक्ता सहसचि...बाँकी
३० पुष, २०७५ |
चितवन, ३० पुस ।
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका– ४, लेवाटारमा सोमबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको पाँचपोखरी थामङपालकोट– १ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थामङ...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजविक्रम चन्दले संयुक्त...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
नियमविपरीत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही सुरु गरेको छ ।
उवर, टुटल, पठाओलगायतका मोबाइल ‘एप्स’ सञ्चालन गरी मोटरसाइकलवालाहरुले यात्रु बोक्ने गरेको विशेष सूचनाका आधारमा चार वटा मोटरसाइकललाई कारबाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९...बाँकी
३० पुष, २०७५ |
सप्तरी, ३० पुस ।
सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका– १६, बोरिया निवासी देवचन्द्र यादवका ३० वर्षीय छोरा सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपर...बाँकी
३० पुष, २०७५ |
अत्तरिया, ३० पुस ।
शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्याने...बाँकी
२९ पुष, २०७५ |
धनुषा, २९ पुस ।
प्रदेश– २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ ।
कार्यक्रमका लागि कार्यक्रमका लागि मन्त्री यादवको नजिकको संस्था छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाएका छन् । सचिव झा...बाँकी
२९ पुष, २०७५ |
तम्घास (गुल्मी), २९ पुस ।
धुर्कोट गाउँपालिका– ३, हाडहाडेका ५१ वर्षीय शेरबहादुर जीसीलाई जिल्ला प्रहरी कार्यालयले घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
प्रहरीले आइतबार तम्घासमा पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण सामग्री सहित जीसीलाई सार्वजनिक गरेको छ । जीसीको घ...बाँकी
२९ पुष, २०७५ |
दाङ, २९ पुस ।
तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करिव डेढ महिनाको अवधिमा सो पालन नगर्ने ३ सय ७९ चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जि...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
पुराना बुद्धका मूर्तिसहित एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पूरातात्त्विक महत्त्वका मूर्ति बेचबिखन तथा कारोबार हुँदैछन् भन्ने विशेष सूचनाका आधारमा टोलीले सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आइतबार सार्वजन...बाँकी