newskoseli.Com

लुनिभाः खलः ले जित्यो धिमे बाजाको उपाधि

दोस्रो भक्तपुर जिल्लाव्यापी धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १, सिरुटारस्थित लुनिभाः धिमे खलः ले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलः ले १५ हजार नगर पुरस्कार सहित उपाधि हात प...बाँकी

३ नम्बरमा पनि ‘आफ्ना’ लाई रकम बाँड्ने मेसो : प्रदेशभर ‘स्वयमसेवक’ खटाउने तयारी !

प्रदेश– ३ सरकारले ‘निश्चित दक्षता हासिल गरेका’ करिव २ सय युवालाई स्वयंमसेवीका रुपमा परिचालन गर्दै राज्यकोषबाट रकम बाँड्ने मेसो मिलाएको खबर छ । प्रदेश– ३ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पुस महिनाबाटै स्वयंमसेवक परिचालन सुरु हुन लागेको छ । यो कार्यक्रमले प्रदेशको कर्मचारी समस्याला...बाँकी

गाउँ–नगरका उपप्रमुख ‘न्यायाधीश बन्न नसक्ने’ दावी गर्दै सर्वोच्चचमा मुद्धा

नयाँ व्यवस्थाअनुसार गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिका वा महानगरपालिकाका उपाध्यक्ष या उपप्रमुखको नेतृत्वमा सञ्चालन हुन थालेका ‘न्यायिक समिति’ हरूबाट ‘अदालत र न्यायाधीशहरूबाट हुनुपर्ने न्यायिक कामकाज हुन नसक्ने’ दावी गर्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको छ । पालिका उपप्रमुखबाट न्यायाधी...बाँकी

१ डिग्रीमा झर्‍यो काठमाडौं, चिसो अझै बढ्छ : मौसमविद्

आइतबार राजधानी उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर नै चिसो बढेको छ । पछिल्लो विवरण अनुसार आइतबार काठमाडौंको न्यूनतम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्...बाँकी

घरदैलो गर्ने सुरसारमा जनप्रतिनिधिहरु !

राजधानीस्थित तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जनताका गुनासा तथा समस्या बुझ्न जनप्रतिनिधिहरु आफैं नै जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्च...बाँकी

खैरो हेरोइनसहित ४ जना कर्‍याप्प

झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ५ बाट पाँचथर घर भई दमक– ६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइन सहित पक्रा...बाँकी

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

भङ्गाहा नगरपालिका– २ स्थित सिंग्याही बजारमा आमाछोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु हुनुका साथै छोरा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी भङ्गाहा नगरपालिका– २, बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंहको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्...बाँकी

ऊन कारखानामा आगलागी, २ करोडभन्दा बढीको क्षति

राजधानीको गोकर्णेश्वर नगरपालिका– ४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करिव २ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ । कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थ समेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले शनिबार जनाएको छ । त...बाँकी

पेस्तोलसहित राजधानीबाटै ४ जना पक्राउ

सशस्त्र प्रहरी बलको विशेष टोलीले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका– ३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका– ६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भी...बाँकी

फेरि दुर्घटना : १ को मृत्यु, ८ घाइते, १ को अवस्था गम्भीर

भोजपुर नगरपालिका– ६, देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । भोजपुर बसपार्कबाट धरानका लागि बिहान ११ बजे छुटेको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा अरुण गाउँपालिका– ३, प्याउली बस्ने ५० वर्षीया हेमकुमारी कार्कीको घटनास्थलम...बाँकी