५ पुष, २०७५ |
भद्रपुर, ५ पुस ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मेचीनगरका नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि उनको खोजी सुरु भएको छ ।
तत्कालीन नेकपा (एमाले) को मेचीनगर अध्यक्ष, धुलाबारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर– १० स्थि...बाँकी
५ पुष, २०७५ |
कावासोती, ५ पुस ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती– १४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएक...बाँकी
४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठक बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा ३ घन्टा बस्यो ।
बुधबारको बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जनाएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार बुधबार देवप्रस...बाँकी
४ पुष, २०७५ |
हेटौंडा, ४ पुस ।
खाद्य सामग्रीमा अखाद्य वस्तु मिसावट गरी उत्पादन तथा बिक्रीवितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मुद्दा दायर गरेको छ ।
४ महिना यता (२०७५ साउनदेखि कात्तिकसम्म) विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम...बाँकी
३ पुष, २०७५ |
इलाम, ३ पुस ।
सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छन् ।
सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० यता परिवारको सम्पर्कमा नआएकी हुन् । बालिका २० गते बिहान विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले बताए ।
बालिका घर नफर्के पनि आफन्तकहाँ गएक...बाँकी
३ पुष, २०७५ |
वीरगञ्ज, ३ पुस ।
पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति ३ बजेतिर तस्करले प्रहरी चौकी पाङ्डेपुरका प्रहरीलाई कुटपिट गरी हतियार खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सूचना...बाँकी
३ पुष, २०७५ |
काठमाडौं, ३ पुस ।
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा मंगलबार बिहान उनको निधन भएको हो ।
कलेजोको क्यान्सरबाट पीडित भर्इ उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिएकी छन् । स...बाँकी
३ पुष, २०७५ |
काठमाडौं, ३ पुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकको तेस्रो दिन मंगलबार पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी नै रह्यो ।
सो पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सो...बाँकी
२ पुष, २०७५ |
काठमाडौं, २ पुस ।
पुस महिनाको सुरुआतसँगै राजधानी काठमाडौंमा ह्वात्तै जाडो बढेको छ ।
सोमबार बिहानको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस छ । यो तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।
बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामक समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि पर्दा जाडो बढेको मौसमविद रा...बाँकी
२ पुष, २०७५ |
काठमाडौं, २ पुस ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।
सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ ।
शनिबार बसेक...बाँकी