७ मंसिर, २०७५ |
डोटी, ७ मङ्सिर ।
डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कुल बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।
ट्राफिक प्रहरी पोस्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा ...बाँकी
७ मंसिर, २०७५ |
लहान, ७ मङ्सिर ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– २ स्थित कमला पुल नजिकै बिहीबार राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका– ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपाल...बाँकी
७ मंसिर, २०७५ |
दार्चुला, ७ मङ्सिर ।
मालिकार्जुनबाट दार्चुलाको सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बिहीबार राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस शुक्रबार बिहान पौने ५ बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि...बाँकी
७ मंसिर, २०७५ |
दमौली, ७ मङ्सिर ।
तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ ।
रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै सोही वडाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी थिइन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । वडाध्यक्षविरुद्ध ...बाँकी
६ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस गरेका छन् ।
यसअघिको बैठकमा गठन गरिएको महासचिव पौडेल र नेता रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार सुरु बै...बाँकी
६ मंसिर, २०७५ |
धनगढी, ६ मङ्सिर ।
बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्रीवितरण भएको भन्ने प्रचारवाजीमा सत्यता नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।
आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहींकतै नुन बिक्रीवितरण भएको नपाइएको कर्पोरेसनको धनगढीस्थित स...बाँकी
५ मंसिर, २०७५ |
नारद गौतम
राष्ट्रिय महिला आयोग एक वर्षभन्दा लामो समयदेखि पदाधिकारीविहीन हुँदा महिलाका कयौं मुद्दा ओझेलमा परेको र पीडितलाई न्याय दिन ढिलाइ भएको गुनासो बढिरहेको छ ।
देशमा बलात्कार र हिंसाका घटना बढ्दै जाँदा पीडितले न्याय पाउन पनि ढिलाइ भएको र कतिपय मुद्दा उठाउन समस्या भएको महिला नेतृहरूले बताएका छन् । नेपालक...बाँकी
५ मंसिर, २०७५ |
भैरहवा, ४ मङ्सिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलकार्यालयले मङ्गलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगे...बाँकी
४ मंसिर, २०७५ |
कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केस...बाँकी
४ मंसिर, २०७५ |
काठमाडौं, ४ मङ्सिर ।
लागूऔषध र पेस्तोलसहित प्रहरीले मंगलबार राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज ११ प ४८६६ नम्बरको मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका– ३, सर्लाहीका २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागूऔधष (नाइट्रभेट) ...बाँकी